Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

आरसिबीलाई डब्ल्युपिएलको उपाधि

२४ माघ २०८२, शुक्रबार १७:३९

काठमाडौं। भारतको महिला प्रिमियर लिग (डब्ल्युपिएल)को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)ले उचालेको छ ।

दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै आरसिबीले उपाधि उचालेको हो । फाइनलमा आरसिबीका लागि स्मृति मन्धाना र जर्जिया भोलको ऐतिहासिक १ सय ६५ रनको साझेदारी गरेपछि दिल्ली फाइनलमा चुकेको हो ।

आरसिबीसँगको हारसँगै दिल्ली लगातार चौथो पटक‌ फाइनलमा चुकेको हो । बिहीबार भएको फाइनलमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै २०३ रन बनाएको थियो ।

उसका लागि जेमिमाह रोड्रिग्सले ३७ बलमा ८ चौकासहित ५७ रनको आक्रामक अर्धशतक प्रहार गरेकी थिइन् भने लरा वोल्भार्ड्टले ४४ रन जोडिन्।

अन्तिम ओभरमा चिनेल हेन्रीले लगातार चौका–छक्का प्रहार गर्दै टोलीलाई दुई सय पार गराएकी थिइन्। उनले नटआउट ३५ रन जोडिन् ।

२०४ रनको लक्ष्य पछ्याएको आरसिबीले १९.४ ओभरमै चार विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

कप्तान स्मृति मन्धानाले ४१ बलमा १२ चौका ३ छक्कासहित ८७ रनको शानदार इनिङ खेल्दा जर्जिया भोलले ५४ बलमा १४ चौकासहित ७९ रन जोडिन्।

प्रतिक्रिया दिनुहोस्