Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

वेस्ट इन्डिजद्वारा स्कटल्यान्ड पराजित

२५ माघ २०८२, शनिबार २१:११

काठमाडौँ। आइसिसि टी २० विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा समूह सी मा रहेको वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रनले हराएर महत्वपूर्ण २ अंक जोडेको छ ।

कोलकाताको इडेन गार्डेनमा भएको यस खेलमा स्कटल्यान्डले टस जितेर वेस्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको थियो ।

शाई होपको कप्तानीमा उत्रेको वेस्ट इन्डिजका लागि आक्रामक ब्याट्सम्यान शिभरन हेटमायरले ६ छक्का, २ चौकाको मद्दतले ३६ बलमा ६४ रन बनाएका थिए । उनी म्यान अफ म्याच पनि घोषित भएका थिए ।

यसैगरी, ब्रान्डोन किङले ३५, शाई होपले १९, रोभमन पावेलले २४ र शेरफन रदरफोर्डले २६ रन बनाएका थिए ।

जितका लागि १८३ रनको लक्ष पछ्याएको स्कटल्यान्डले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन मात्र बनाएको थियो । टिमका लागि कप्तान रिची बेरिङटनले ४२ र टम ब्रुसले ३५ रन बनाउनु बाहेक अन्य खेलाडी सस्तैमा आउट भएका थिए ।

वेस्ट इन्डिजका लागि रोमारिओ शेफर्डले ५ तथा जेसन होल्डरले ३ विकेट लिएका थिए ।

समूह सी मा नेपाल सहित वेस्ट इन्डिज, इङल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन् ।

नेपालले भोलि आइतबार इङल्यान्डको सामना गर्नेछ । मुम्बईको वान्खडे रंगशालामा हुने यो खेल नेपाली समय अनुसार अपराह्न ३ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्