Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

म्यान्चेस्टर युनाइटेडद्वारा टोटेनह्याम पराजित

२५ माघ २०८२, शनिबार २१:१२

काठमाडौँ। इङलिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा क्रिस्टियन रोमेरो रातो कार्ड पाएसँगै लर्बराएको टोटेनह्याम हस्पर म्यान्चेस्टर युनाइटेडसँग २–० गोल अन्तरले पराजित भएको छ ।

यो जितसँगै युनाइटेडले २४ खेलबाट ४४ अंक सहित चौथो स्थानमा आफ्नो स्थान बलियो बनाएको छ । आजको खेलमा ३८औं मिनेटमा ब्रायन बुमो तथा ८१औं मिनेटमा ब्रुनो फर्नान्डेजले सुन्दर गोल गरेका थिए ।

पहिलो हाफको ३० मिनेटसम्म टोटेनह्यामले युनाइटेडसँग निकै प्रतिस्पर्धात्मक खेल खेलेपनि रोमारियोले रातो कार्ड पाएपछि टिम तिब्र दबाबमा परेको थियो ।

करिब ६४ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको युनाइटेडले टोटेनह्यामको पोस्टमा कम्तीमा २३ पटक सट प्रहार गरेको थियो भने टोटेनह्यामले युनाइटेडको पोस्टमा ५ पटक मात्र प्रहार गरेको थियो ।

युनाइटेडले खेलेका पछिल्ला पाँच खेलमा चार जित र एकमा बराबरी गरेको छ । टोटेनह्याम भने पछिल्ला पाँच खेलमा तीन हार र दुईमा बराबरी गरेको छ । यही कारण टोटेनह्यामका प्रमुख प्रशिक्षकको पद धरापमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्