Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

सूर्यकुमारको उत्कृष्ट पारीमा भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य

२५ माघ २०८२, शनिबार २१:१५

काठमाडौं। शीर्षक्रम चल्न नसक्दा भारत आईसीसी टी–२० क्रिकेट विश्वकप २०२६ मा अमेरिकाविरूद्ध १६१ रनमा रोकिएको छ ।

मुम्बईस्थित वान्खेडे क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोली पूरा ओभर खेलेर ९ विकेट गुमाउँदै १६१ रनमा रोकिएको हो ।

शीर्षक्रमका ब्याटर तथा ओपनर इशान किशन २० रन बनाएर पभेलियन फर्किए । अर्का ओपनर अभिषेक शर्मा शून्यमा आउट भए । रिंकु सिंह ६, हार्दिक पाण्डेयले पाँच रन बनाउँदा शिभम दुवेले रन जोड्न सकेनन् ।

तर, कप्तान सूर्यकुमार यादवको अर्धशतकमा भारतको इनिङ्स केही उकासियो । यादवले ४९ बलमा ८४ रन जोडे । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका तिलक वर्माले २५ रन बनाएका थिए ।

अमेरिकाका बलरले उत्कृष्ट प्रदर्शन गरे । शाड्ली भाव शाल्कवाइकले एकै ओभरमा तीनसहित चार विकेट लिए । हर्मित सिंहले दुई तथा महोम्मद मोहसीन र अलि खानले समान एक-एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्