Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

२५ माघ २०८२, शनिबार २१:२१

कास्की। पोखरामा आयोजित १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शनिबार (माघ २४) पोखरा अन्तर्राष्ट्रिय फुटबल रंगशालामा भएको फाइनल खेलमा साबिक विजेता बंगलादेशमाथि ४–० को फराकिलो जित निकाल्दै भारत च्याम्पियन बनेको हो ।

भारतले खेलको पहिलो हाफमा एक गोल गरेको थियो । दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो ।

खेलको ४२औँ मिनेटमा भारतकी कप्तान जुलान नोङमेथेमले गोल गरेर अग्रता दिलाएकी थिइन् । एलिजावेद लार्काले ६३औँ मिनेटमा अग्रता दोब्बर बनाइन् ।

भारतले खेलको ६८औँ मिनेटमा पेनाल्टी पायो । बंगलादेशकी गोलकिपर बेगमले पेनाल्टी क्षेत्रमा विपक्षी खेलाडीलाई लडाएपछि पाएको अवसरलाई पर्ल फर्नान्डेजले गोलमा परिणत गरिन् । अन्विता रघुरामनले ८३औँ मिनेटमा गोल गरेपछि भारतले फराकिलो अन्तरको जित निकाल्न सफल भयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र धेरै गोलकर्ताको उपाधि बंगलादेशकी अल्पी अक्तरले जितिन् । उत्कृष्ट गोलरक्षक भारतकी मुन्नी घोषित भइन् । ‘फेयर प्ले’ पुरस्कार भारतले पायो ।

यही माघ १७ गतेदेखि सुरु प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान गरी चार टोलीको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्