Trending
नरबहादुर खड्का (नरेश)ले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी, सातबुँदे प्रतिबद्धता सार्वजनिक     |     घेरा तोड्दै रामेछापबाट उदाइन् विनिता खड्का     |     लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान जोगाउन मन्त्री पोखरेलको निर्देशन     |     प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, डिजिटल शासनदेखि विपद् व्यवस्थापनसम्म     |     कानुन सुधारसँगै विकास र लगानीलाई गति दिन्छौँ : मन्त्री लम्साल     |     वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै     |     कर्णालीको मनमोहक दृश्यमा ‘साँची राखी माया मेरो’ सार्वजनिक     |     मतभेद बिर्सेर पार्टीलाई एकताका साथ अघि बढाऔँ : अध्यक्ष ओली     |     विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधनको तयारी     |     भोटेकोसी–त्रिशूली विपद् समिति सभापतिमा पराजुलीले लिए शपथ     |    
खेलकुद

इङ्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

२६ माघ २०८२, आईतवार १७:१४

काठमाडौँ। आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह ‘सी’ काे खेलमा इङ्ग्ल्यान्डले नेपाललाई १ सय ८५ रनकाे लक्ष्य दिएकाे छ ।

भारतकाे मुम्बईमा रहेकाे वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे इङ्ग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनायाे ।

इङ्ग्ल्यान्डका ज्याकब बेथेलले ५५, कप्तान ह्यारी ब्रूकले ५३ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २/२ विकेट लिए । प्रतियाेगितामा दुवै टाेलीकाे याे पहिलाे खेल हाे ।

यसअघि आजै भएकाे पहिलाे खेलमा अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्डले विजयी शुरुआत गरेकाे छ । यस्तै आजकाे तेस्राे खेलमा बेलुकी सवा ७ बजे श्रीलङ्का र आयरल्यान्ड खेल्दैछन् ।

प्रतियोगितामा २० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान छन् । समूह ‘सी’ मा नेपाल, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन् । इटालीले पहिलो पटक टी–२० विश्वकप खेल्न लागेको हो । समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएई) र क्यानडा छन् ।

हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

१०औँ संस्करणकाे टी–२० विश्वकपकाे फाइनल खेल आउँदाे मार्च ८ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्