Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

इङ्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

२६ माघ २०८२, आईतवार १७:१४

काठमाडौँ। आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह ‘सी’ काे खेलमा इङ्ग्ल्यान्डले नेपाललाई १ सय ८५ रनकाे लक्ष्य दिएकाे छ ।

भारतकाे मुम्बईमा रहेकाे वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे इङ्ग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनायाे ।

इङ्ग्ल्यान्डका ज्याकब बेथेलले ५५, कप्तान ह्यारी ब्रूकले ५३ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २/२ विकेट लिए । प्रतियाेगितामा दुवै टाेलीकाे याे पहिलाे खेल हाे ।

यसअघि आजै भएकाे पहिलाे खेलमा अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्डले विजयी शुरुआत गरेकाे छ । यस्तै आजकाे तेस्राे खेलमा बेलुकी सवा ७ बजे श्रीलङ्का र आयरल्यान्ड खेल्दैछन् ।

प्रतियोगितामा २० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान छन् । समूह ‘सी’ मा नेपाल, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन् । इटालीले पहिलो पटक टी–२० विश्वकप खेल्न लागेको हो । समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएई) र क्यानडा छन् ।

हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

१०औँ संस्करणकाे टी–२० विश्वकपकाे फाइनल खेल आउँदाे मार्च ८ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्