Trending
विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य     |     सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन     |     रास्वपा वरिष्ठ नेतामा बालेन शाह मनोनीत     |     मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित     |     कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा पदभार ग्रहण     |     महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने     |     सिड्नीमा ‘मालती मंगले’को ओभरफ्लो शो, सांगीतिक माहोलमा गुन्जिए रामकृष्ण ढकाल     |     चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा     |     २४ जना उपसचिवको सरूवा (सूची)     |     एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर     |    
खेलकुद

अमेरिकाविरुद्ध पाकिस्तानको मध्यम सुरुआत

२८ माघ २०८२, मंगलवार २०:३१

काठमाडौं। पाकिस्तानले आईसीसी टी–२० विश्वकप २०२६ मा अमेरिकाविरुद्धको ब्याटिङ पावर प्लेमा मध्यम सुरुआत गरेको छ ।

मंगलबार (माघ २७) श्रीलंकाको कोलम्बोस्थित सेनहालेसे स्पोर्टस क्लब क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको पाकिस्तानले अमेरिकाविरुद्ध सुरुआती ६ ओभरमा दुई विकेट गुमाएर ५६ रन बनाएको छ ।

हाल क्रिजमा रहेका साहिवजादा फरहानले ३५ रन बनाएका छन् । बाबार आजम शून्यमा खेलिरहेका छन् ।

त्यसअघि पभेलियन फर्किएका ओपनर साइम अयुवले १९ रन बनाएका थिए । कप्तान सल्मान अलि आघाले एक रन जोडेका थिए ।

अमेरिकाका शाड्ली भान साल्कवाइकले दुवै विकेट लिए ।

खेलमा पाकिस्तान लगातार दोस्रो जितको खोजीमा छ । यसअघिको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई आठ विकेटले पराजित गरेको थियो ।

अमेरिका भने पहिलो जितको खोजीमा छ । अमेरिकाले यसअघि पहिलो खेलमा भारतविरुद्ध २९ रनको हार व्यहोरेको थियो । यी दुवै समूह ‘ए’ मा छन् । समूहमा पाकिस्तान र अमेरिकासँगै नेदरल्यान्ड्स, नामिबिया र भारत छन् ।

प्रतिक्रिया दिनुहोस्