Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

ल्होसार कप : खुम्बु र आमादब्लाको जित

२८ माघ २०८२, मंगलवार २०:३७

काठमाडौँ। खुम्बु युनाइटेड क्लब र आमादब्लम युथ क्लबले १५औँ खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा मङ्गलबार जित हात पारेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह ‘बी’ को लिग खेलमा खुम्बुले नाम्चे युथ क्लबलाई ३–१ गोलले हरायो । विजेताका ‘प्लेयर अफ दि म्याच’ दावा स्टेविन शेर्पाले दुई तथा सोनाम शेर्पाले एक गोल गर्नुभयो ।

नाम्चेका टासी दोर्जे शेर्पाले सान्त्वना गोल फर्काउनुभयो । लगातार दोश्रो जितसँगै खुम्बुको ६ अङ्क पुगेको छ । दुई खेलमा नाम्चेको पहिलो हार हो ।

१४ पिक्स एक्सपेडिसनको मुख्य प्रायोजनामा भइरहेको प्रतियोगिताको समूह ‘बी’ कै लिगमा आमादब्लमले ठामिछोवा फुटबल टिमलाई १–० गोलले हरायो ।

जिक्मी शेर्पाले निर्णायक गोल गर्नुभयो । कर्मा टासी शेर्पा ‘प्लेयर अफ दि म्याच’ बन्नुभयो । दुई खेल खेलेको आमादब्लमले पहिलो जित हात पारेको हो । त्यत्तिनै खेलमा ठामिछोवाले लगातार दोश्रो हार खेप्यो ।

प्रतिक्रिया दिनुहोस्