Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

एनकेएल दोस्रो सिजन जेठमा हुने

४ फाल्गुन २०८२, सोमबार २१:०१

काठमाडौं। नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजन २०८३ साल जेठ २२ गते (५ जुन, २०२६) देखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने भएको छ ।

म्यारियट होटलमा सोमबार आयोजित कार्यक्रममार्फत् एनकेएल आयोजक एस्ट्रोनिक्स म्योनजेमन्टले दोस्रो संस्करणको मिति घोषणा गरेको हो ।

एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख अमितकुमार बेगानीले भने, ‘गत वर्ष पहिलो संस्करण कल्पनाभन्दा पनि राम्रो भयो । यसले नेपाली कबड्डीमा व्यवसायिकताको सुरुआत गरेको छ । अब दोस्रो सिजनलाई त्योभन्दा राम्रो र उत्कृष्ट ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’ उनले थपे, ‘दोस्रो सिजनको लागि ५ सय १२ नेपाली खेलाडी र १५ देशका १ सय बढी बिदेशी खेलाडीले नाम दर्ता गरेका छन्, जुन संख्या गत वर्षभन्दा करिब दोब्बर हो र यसले दोस्रो सिजन भव्य हुने संकेत गरेको छ ।’

प्रमुख बेगानीले प्रो कबड्डी लिगका अनुभवी भारतीय खेलाडीहरूसँगै इरान, कोरिया, पोल्यान्डलगायतका उत्कृष्ट खेलाडी एनकेएल खेल्न नेपाल आउन तयार रहेको पनि बताए । एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास अग्रवालले एनकेएल १० करोड बजेटमा सञ्चालन हुने जानकारी दिए । कार्यक्रममा नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापा, महासचिव अरविन्द कुमार झा, र्यापर भियोमा पनि उपस्थित थिए ।

एस्ट्रोनिक्स म्योनजेमन्टले एनकेएल सिजन २ को ब्रोडकास्ट पार्टनरको रुपमा कान्तिपुर म्याक्स टीभी एचडीसँग सम्झौता पनि गरेको छ । सम्झौता पत्रमा एस्ट्रोनिक्सका सीईओ अग्रवाल र कान्तिपुर टेलिभिजनका चिफ मार्केटिङ अफिसर (सीएमओ) अनुपम अधिकारीले हस्ताक्षर गरे । सम्झौताअनुसार एनकेएल सिजन २ का खेलहरू कान्तिपुर म्याक्स टीभी एचडीबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।

पहिलो सिजन ६ सहरका ६ टिम विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गरेका थिए ।

फाइनलमा काठमाडौंमाथि ४३–४१ को जित रच्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो । एस्ट्रोनिक्स म्योनजेमन्ट कबड्डीलाई ग्रासरुटबाटै विकास गर्ने प्रयासमा एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप पनि सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्