Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

एन्फाको निर्वाचन फागुन २७ गते

४ फाल्गुन २०८२, सोमबार २१:१६

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन फागुन २७ गते हुने भएको छ।

 एन्फाले सोमबार आगामी केन्द्रीय निर्वाचनका लागि संशोधित कार्यतालिका सार्वजनिक गरेको हो। उच्च अदालत पाटनको अन्तरिम आदेशपछि निर्वाचन प्रक्रिया यथास्थितिमा राख्दै कार्यक्रम स्थान र मितिसहित कार्यतालिका संशोधन गरिएको एन्फाले जनाएको छ।

संशोधित तालिकाअनुसार मताधिकार प्रतिनिधि तथा प्रतिनिधिहरूको विवरण एन्फा सचिवालयले फागुन ५ गते निर्वाचन समितिलाई बुझाउनेछ।

‘अडिट एन्ड कम्प्लायन्स समिति’बाट उम्मेदवारहरूको सदाचार परीक्षणसम्बन्धी निर्णय तथा निर्वाचन समितिबाट उम्मेदवारहरूको सामर्थ्य कागजात परीक्षणसम्बन्धी निर्णय फागुन ७ गते हुने जनाइएको छ।

उम्मेदवार तथा मताधिकार प्रतिनिधिहरूको नामावली फागुन ८ गते प्रकाशन गरिनेछ भने दाबी–विरोध गर्ने अन्तिम मिति फागुन १४ गते तोकिएको छ।

पुनरावेदन समितिको निर्णय फागुन १५ गते हुने र दाबी–विरोधपछि अन्तिम नामावली फागुन १६ गते प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ। रासस

प्रतिक्रिया दिनुहोस्