Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

आईपीएल : फाइनल पुग्ने लक्ष्यसहित भिड्दै बेंगलुरु र गुजरात

१२ जेष्ठ २०८३, मंगलवार १४:१३

काठमाडौँ। आईपीएल २०२६ को पहिलो क्वालिफायरमा मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्स प्रतिस्पर्धा गर्दैछन्।

धर्मशालामा हुन लागेको खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेबाट सुरु हुनेछ। आजको खेलको विजेता टोली सिधै फाइनलमा पुग्नेछ। यद्यपि, वर्षाको सम्भावना ८० प्रतिशत रहेको छ।

मंगलबार धर्मशालामा वर्षा हुने सम्भावना ८० प्रतिशत रहेको भारतको मौसम विभागले जनाएको छ। यदि बर्षाले खेल रद्द भए अंक तालिकाको शीर्ष स्थानमा रहेको बेंगलुरु सिधै फाइनलमा पुग्नेछ।

बेंगलुरु र गुजरातले हेड–टू–हेड रेकर्डमा बराबरी खेलेका छन्। उनीहरूबिच अहिलेसम्म आठ आईपीएल खेल खेलेका छन्। जसमा बेंगलुरु र गुजरातले समान चार खेल जितेका छन्।

यस सिजनमा दुई टोली दुई पटक आमनेसामने भएका छन्। जसमा दुवै टोली एक एक पटक विजयी भए।

आरसीबीका लागि विराट कोहली सर्वाधिक रन स्कोरर हुन्। उनले एक शतक र चार अर्धशतकसहित ५५७ रन बनाएका छन्। यस्तै, बलिङतर्फ भुवनेश्वर कुमारले २४ विकेट लिएका छन्।

गुजरातको लागि कप्तान शुभमन गिलले ६१६ रन र साई सुदर्शन ६३८ रन बनाएका छन्। यस्तै, बलिङतर्फ कागिसो रबाडाले २४ विकेट लिएका छन् भने रशिद खानको नाममा १९ विकेट छ।

प्रतिक्रिया दिनुहोस्