Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

राखेपले क्यानका प्रवक्ता छुम्बि लामालाई फिर्ता बोलायो

१२ जेष्ठ २०८३, मंगलवार १४:१५

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बि लामालाई फिर्ता बोलाएको छ।

शुक्रबार पत्र काट्दै परिषद्ले लामालाई दिइएको जिम्मेवारीबाट मुक्त गरिएको बताएको हो। २०८३ जेठ ११ गतेको निर्णय बमोजिम लामालाई क्यानको प्रतिनिधि सदस्यको जिम्मेवारीबाट फिर्ता बोलाइएको राखेपको संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्र कुमार राईले जानकारी दिए।

पत्रमा भनिएको छ, ‘राष्ट्रिय खेलकुद परिषदबाट मिति २०८०।१२।२८ गतेबाट नेपाल क्रिकेट संघको पदेन सदस्यमा पदमा मनोनयन गरी पठाइएको ऐ. विधानको दफा ३ को उपदफा ४ को व्यवस्था अनुसार नेपाल क्रिकेट संघको परिषद प्रतिनिधि सदस्यको जिम्मेवारीबाट मिति २०८३।२।१९ गते देखि लागू हुने गरी फिर्ता बोलाइएको व्यहोरा मिति २०८३।२।१९ को निर्णयानुसार जानकारी गराइन्छ।’

प्रतिक्रिया दिनुहोस्