Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

बंगलादेशलाई हराउँदै माल्दिभ्स सातौं स्थानमा

१३ जेष्ठ २०८३, बुधबार २०:०२

काठमाडौं। सेन्ट्रल एसिया भलिबल एशोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपमा माल्दिभ्सले सान्त्वना जित हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा बुधबार सातौं स्थानका लागि भएको खेलमा माल्दिभ्सले बंगलादेशलाई ३–१ को सेटमा पराजित गर्‍यो ।

पहिलो सेट २५–२७ ले गुमाएको माल्दिभ्सले त्यसपछि पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पार्‍यो । माल्दिभ्सले दोस्रो सेट २५–११, तेस्रो सेट २५–१७ र चौथो सेट २५–१२ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो ।

यस जितसँगै आठ टोली सहभागी प्रतियोगितामा माल्दिभ्स सातौं स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गर्न सफल भयो । पराजित बंगलादेश भने आठौं स्थानमा सीमित रह्यो । प्रतियोगिताअन्तर्गत अब सेमिफाइनल चरणका खेल बिहीबार हुनेछन् ।

पहिलो सेमिफाइनलमा भारत र काजाकिस्तान दिउँसो २ः३० बजे प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपालले साँझ ५ बजे इरानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्