Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल

२७ जेष्ठ २०८३, बुधबार ११:५१

काठमाडौँ। एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। यो हारसँगै नेपाल एसिसी ‘टि ट्वान्टी’ एसिया कप छनोट होडबाट बाहिरिएको छ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ५६ रनले पराजित भएको हो। थाइल्याण्डले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७४ रनमा समेटियो।

नेपालका लागि रुविना क्षेत्रीले अविजित २० रनको योगदान दिइन्। यस्तै, सोनी पाख्रिनले १५ तथा सम्झना खड्का र सीता रानामगरले समान १२/१२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ३० रनको योगफल बनाएको थियो।

थाइल्याण्डकी नानापाट खोन्चारोयन्काइले अविजित ६२ रनको योगदान दिइन्। यस्तै, फानिता मायाले २६ रन बनाइन् भने चानिदा सुथिरूवाङले १६ तथा कप्तान नारूमोइ चाइवाइ ८ रन बनाइन्।

बलिङतर्फ नेपालकी कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान १÷१ विकेट लिए।

यसै महिना मलेसियामा नै भएको खेलमा नेपाल चीनसँग पराजित हुँदै एसियन गेम्स छनोटबाट पनि बाहिरिएको थियो। एसियन गेम्स यसैवर्ष जापानमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्