Trending
व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश     |     झलनाथले मागे प्रचण्ड-माधवको राजीनामा     |     विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस     |     सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै     |     प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन     |     औसत मिति टर्यो : अझै मनसुन भित्रिएन     |     न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुङ्गियो     |     फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे     |     जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी     |     केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना     |    
खेलकुद

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै

३ असार २०८३, बुधबार १९:०४

काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन भुवन नगरकोटी समग्रमा १३ – अन्डर १ सय ३१ को स्कोरमा शीर्षस्थानमा कायमै रहेका छन्।

गोकर्ण गल्फ क्लबमा आज ४– अन्डर ६८ को स्कोरमा उनले एमेच्योर सदभाव आचार्यलाई २ स्ट्रोकले पछि पारेका छन्। सदभावले ६–अन्डर ६६ खेल्दै समग्रमा ११– अन्डर १ सय ३३ सहित दोस्रो स्थानमा रहेका छन्।

प्रोफेसनल गल्फ टुर अफ इण्डिया (पिजीटिआइ) खेलिरहेका सुबाश तामाङ र शुक्र बहादुर राई समग्रमा ८–अन्डर १ सय ३६ सहित समग्रमा तेस्रो स्थानमा रहेका छन्। सुबाशले आज ५–अन्डर ६७ र शुक्रले ४– अन्डर ६८ मा दोस्रो दिनको खेल सकाए।

एमेच्योर राहुल विश्वकर्मा समग्रमा ६–अन्डर १ सय ३८ सहित पाँचौं स्थानमा उक्लिएका छन्। उनले आज ४– अन्डर ६८ को कार्ड बनाए। समग्रमा ५– अन्डर १ सय ३९ मा तेन्जिङ छिरिङ र ३– अन्डर १ सय ४१ खेलेका वाङचेन ढोन्डुप क्रमश छैटौं र सातौं स्थानमा छन्। दुवै एमेच्योर खेलाडीले आज इभन-पार ७२ खेले।

समग्रमा २(अन्डर १ सय ४२ सहित सञ्जय लामा र तोरण विक्रम शाहीले संयुक्तरुपमा आठौं स्थान बाँडे। सञ्जयले ४–अन्डर ६८ र तोरणले २(ओभर ७४ को स्कोर निकाले। यस्तै समग्रमा १–अन्डर १ सय ४३ बनाएका दिनेश प्रजापति दशौं स्थानमा छन्। उनले आज २–ओभर ७४ मा खेल सकाए।

पहिलो दिनका लिडर भुवनले आज फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३४ मा सकाए। उनले पहिलो र तेस्रो होलमा बर्डी प्रहार गरे। फ्रन्ट नाइन बोगी रहित खेले। यसपछि १०औं होलमा एक सट खेर फाले पनि ११औं, १४औं र १५औं होलमा एक-एक सट बचाए।

सदभावले दोस्रो, तेस्रो, चौथो र सातौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक सट खेर फाले। फ्रन्ट नाइन ३-अन्डर ३३ खेले। यसपछि १० औं, १२ औं, १६ औं र १८ औं होलमा बर्डी प्रहार गरे। १४ औं होलमा एक सट खेर फाल्दा ब्याक नाइन पनि ३-अन्डर ३३ मा सकाए।

सुबाशले फ्रन्ट नाइन इभन-पार ३६ खेले। दोस्रो र आठौं होलमा बोगी खेपेका उनले छैटौं र नवौं होलमा बर्डी प्रहार गरे। १० औं होलमा एक सट बचाएका उनले ११ औं होलमा डबल बोगी खेपे। यसपछि १२ औं देखि १५ औं होलमा लगातार ४ वटा बर्डीको सफलता प्राप्त गरे। १७ औं र १८ औं होलमा पनि एक(एक सट बचाए। उनले ५-अन्डर ३१ मा ब्याक नाइन पुरा गरे।

शुक्रले फ्रन्ट नाइन ४(अन्डर ३२ मा सकाए। दोस्रो, तेस्रो, सातौं, आठौं र नवौं होलमा बर्डी प्रहार गरेका उनले छैटौं होलमा एक सट खेर फाले। यसपछि बाँकी नौ होलमा पार जोगाएका उनले ब्याक नाइन इभन-पार ३६ खेले।

३६ होलको समाप्तीमा ६– ओभर १ सय ५० स्कोर गरेका १८ प्रो र ७ एमेच्योर गरी कुल २५ खेलाडीले कट बनाएका छन्। प्रोतर्फ रमेश अधिकारी, नेपाल नम्बर एक निरज तामाङ, भुवन कुमार रोक्का, धन बहादुर थापा, जयराम श्रेष्ठ, पुर्ण प्रसाद शर्मा, राजेन्द्र थापा मगर, बलभद्र राई, रूपक आचार्य, सञ्जिब बहादुर नेपाली, सूर्य प्रसाद शर्मा र सुमन परियारले कट बनाए। एमेच्योरतर्फ रितेश तामाङ, नोर्बु छिरिङ्ग शेर्पा र सोहम अग्रवाल पनि कट बनाउन सफल रहे।

सिजनकै सर्वाधिक १८ लाख नगद पुरस्कार राशी रहेको प्रतियोगिता रामे मगर, रबि खड्का, टंक कार्की, प्रदीप कुमार लामा र दीपक मगरले कट बनाउन सकेनन्। विजेताले उपाधिसँगै नगद ३ लाख २० हजार प्राप्त गर्नेछन्। दोस्रो, तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमश २ लाख ६ हजार, १ लाख ६२ हजार र १ लाख ४५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। शनिबार प्रो–एम प्रतियोगिता हुनेछ।

प्रतिक्रिया दिनुहोस्