Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

इरान र बेल्जियमबीचको खेल गोलरहित बराबरीमा टुंगियो

८ असार २०८३, सोमबार ०७:४५

काठमाडौँ। फिफा विश्वकप २०२६ मा बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरी खेलेका छन्।

लस एन्जलस स्टेडियममा सम्पन्न खेलमा बेल्जियम इरानसँग गोलरहित बराबरीमा रोकिएको हो। खेलको ६६औं मिनेटमा नेथन एङ्गोएले रातो कार्ड खाँदै बाहिरिएपछि बेल्जियम १० खेलाडीमा सीमित भएको थियो। १० खेलाडीमा सीमित बेल्जियमविरुद्ध पनि इरानले गोल गर्न सकेन।

पहिलो खेलमा बराबरीमा रोकिएका दुवै टोली दोस्रो खेलमा पनि बराबरीमै रोकिएका छन्। पहिलो खेलमा बेल्जियम इजिप्टसँग र इरान न्यूजिल्यान्डसँग बराबरी खेल्दै अंक बाँडेका थिए।

दोस्रो खेलमा पनि बेल्जियम र इरानले एक-एक अंक बाँडेका हुन्। समूह ‘जी’ मा २ खेलबाट बेल्जियम र इरानले समान २ अंक जोडेका छन्। एक-एक खेल खेलका न्यूजिल्यान्ड र इजिप्टको पनि समान एक अंक छ।

प्रतिक्रिया दिनुहोस्