Trending
विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा     |     सेनेगललाई पराजित गर्दै नर्वे विश्वकपको नकआउट चरणमा     |     एम्बाप्पेको दुई गोलमा फ्रान्स नकआउट चरणमा     |     अल्जेरियासँग पराजित हुँदै जोर्डन विश्वकपबाट बाहिरियो     |     विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो     |     च्यासलमा सुरु भयो एमाले संसदीय दलको बैठक     |     रास्वपा महाधिवेशनः मतदान भोलि     |     इरान र बेल्जियमबीचको खेल गोलरहित बराबरीमा टुंगियो     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     साउदी अरेबियामाथि स्पेनको फराकिलो जित     |    
खेलकुद

अल्जेरियासँग पराजित हुँदै जोर्डन विश्वकपबाट बाहिरियो

९ असार २०८३, मंगलवार १४:३५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अल्जेरियासँग २–१ ले पराजित भएपछि नवप्रवेशी जोर्डन समूह चरणबाटै बाहिरिएको छ।

खेलमा जोर्डनले ३६औं मिनेटमा निजार अल रशदानको गोलबाट अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन।

अल्जेरियाका नाधीर बेनबोउलीले ६९औं मिनेटमा बराबरी गोल गरे भने ८२औं मिनेटमा अमाइन गौइरीले विजयी गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए।

जितसँगै अल्जेरियाले नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ भने जोर्डन अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्