Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

फिफाले गर्‍यो एन्फालाई निलम्बन

११ असार २०८३, बिहीबार १४:२७

काठमाडौँ। विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ।

बुधबार फिफाले एन्फाका महासचिव किरण राईलाई इमेलमार्फत पत्र लेख्दै निलम्बनमा परेको जानकारी दिएको हो। निलम्बन गर्दा विभिन्न कारणहरू समेत दिइएका छन्।

‘उल्लिखित गम्भीर परिस्थितिहरू, जुन फिफाको विधानको धारा १४ को उपधारा १(आई) र ३ अनुसार तेस्रो पक्षको अनुचित हस्तक्षेप मानिन्छन्, तथा धारा १६, १ अनुसार सदस्य संघले आफ्ना दायित्वहरूको गम्भीर उल्लंघन गरेकोमा फिफा काउन्सिलले कंग्रेसको मतदानबिना तत्काल अस्थायी निलम्बन गर्न सक्ने व्यवस्था अनुसार, काउन्सिल ब्युरोले जुन २४, २०२६ मा एन्फालाई फिफाको विधानको घोर उल्लंघनका कारण तत्काल प्रभावबाट निलम्बन गर्ने निर्णय गरेको छ,’ फिफाको पत्रमा भनिएको छ।

त्यसैगरी निलम्बन फुकुवाका लागि केही सर्त समेत राखेको छ।

सन् २०२६ को मार्च २५मा राष्ट्रिय खेलकुद परिषदले गरेको आफ्नो निर्णय कुनै पनि सर्त बिना पूर्ण रूपमा फिर्ता लिन तथा वर्तमान एन्फा कार्यसमितिको पुनर्बहाली गर्न भनेको छ।

२५ मार्चमा परिषदले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो।

त्यस्तै एन्फालाई आफ्नो विधान तथा नियमावलीअनुसार सुरू भइसकेको निर्वाचन प्रक्रिया यथाशीघ्र सम्पन्न गर्न अनुमति दिन पनि भनेको छ।

फिफाको निलम्बनसँगै अब अर्को सूचना नभएसम्मका लागि फिफा सदस्यको रूपमा प्राप्त सबै अधिकार गुमाउनेछ।

एन्फा प्रतिनिधि टोली तथा क्लब टोली अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुन पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस्