Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

इराकविरुद्ध सेनेगलको सानदार जित

१३ असार २०८३, शनिबार ०८:४२

काठमाडौँ। फिफा विश्वकप- २०२६ अन्तर्गत गएराति भएको समूह आईको खेलमा सेनेगलले इराकविरुद्ध उत्कृष्ठ जित हात पारेको छ।

टोरोन्टो स्टेडियममा भएको खेलमा सेनेगलले इराकलाई ५-० गोलले पराजित गरेको हो।

यो जितसँगै तेस्रो स्थानको उत्कृष्ट ८ टोलीमा परेर सेनेगलले नकआउट चरणमा पुग्ने सम्भावनालाई कायमै राखेको छ।

खेलको चौथो मिनेटमै सेनेगलका हबिब डियाराले गोलको खाता खोजेका थिए।

१३ औँ मिनेटमा इराकका डिफेन्डर रेबिन सुलाका रातो कार्ड पाएर मैदानबाट आउट भएपछि इराक १० खेलाडीमा सिमित भएको थियो।

यसको फाइदा उठाउँदै सेनेगलले इराकविरुद्ध गोलको वर्षा गर्यो।

सेनेगलका लागि खेलको ५६ औँ मिनेटमा इस्माइला सारले दोस्रो गोल गरे। ५९ औँ र ७१औँ मिनेटमा पापे एक्लैले २ गोल गरेर खेललाई ४-० को अवस्थामा पुर्याए।

सेनेगलले एकपक्षीय गोलको वर्षा गरेको खेलमा अन्तिम गोल इलमान न्डियाईले गरे। इराकलाई ५-० ले पराजित गरेको सेनेगल समह आईको तेस्रो स्थानमा छ। यो हारसँगै इराक अंकविहीन भएर खेलबाट बाहिरिएको छ।

यो समूहबाट शीर्ष स्थानमा रहेको फ्रान्सको ९ अंक र नर्वेको ६ अंक छ। यी दुई टोली नकआउट चरणमा पुगिसकेका छन्।

अर्को चरणमा प्रवेशका लागि सेनेगलले भने अन्य समूहको तेस्रो स्थानमा रहने टोलीहरुको नतिजा कुर्नुपर्ने छ। सेनेगल उत्कृष्ठ तेस्रो टोली हुन सक्यो भने अन्तिम ३२ मा पुग्ने सम्भावना जीवित छ।

प्रतिक्रिया दिनुहोस्