Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय, मेस्सीको खातामा थप एक गोल

१४ असार २०८३, आईतवार १४:१०

आर्लिङ्गटन। अर्जेन्टिनाले शनिबार जोर्डन विरूद्धको खेलमा ३-१ ले विजय निकालेको छ । यससँगै अबको खेल अर्जेन्टिना र केप भर्डेबिच नकआउट चरणका लागि हुने छ ।

खेलको सुरुवाती समयमा बेञ्चमा रहेका जादुयी अर्जेन्टिनी फुटबल खेलाडी लियोनेल मेस्सीले जोर्डन विरूद्ध गरेको गोलसँगै उहाँ यस विश्वकपमा अहिलेसम्म सबैभन्दा बढी गोल हान्ने व्यक्ति बन्नुभएको छ । उत्तर अमेरिकामा चलिरहेको यो विश्वकपको अन्तिम ३२ मा प्रवेश गर्दा मेस्सी अझै पनि गोलकर्ताको शीर्ष स्थानमा छन् ।

अर्जेन्टिनाले समूह जे मा पूर्ण ९ अङ्क जोडेर शीर्ष स्थान हाँसिल गरेको छ । यसअघि उनीहरूले अल्जेरियालाई ३-० र अस्ट्रियालाई २-० ले हराएका थिए, जसमा सबै गोल मेस्सीले गर्नुभएको थियो । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाका ३९ वर्षीय मेस्सीको टोली कमजोर समूहमा भए पनि निकै बलियो देखिएको छ ।

धेरै खेलाडी फेरबदल गरिएको अर्जेन्टिनाले पहिलो हाफमा जोभानी लो सेल्सोको फ्री-किक र लाउतारो मार्टिनेजको पेनाल्टीबाट गोल गरेको थियो ।

दोस्रो हाफको १० मिनेटपछि मुसा अल-तमारीले जोर्डनका लागि एक गोल फर्काउनुभएको थियो । जोर्डनको यो पहिलो विश्वकप यात्रा पहिल्यै सकिएको थियो ।आजको खेलका लागि अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले नौ खेलाडी परिवर्तन गरेका थिए ।

अस्ट्रिया विरुद्धको जितपछि मात्र गोलकिपर इमिलियानो मार्टिनेज र फरवार्ड लाउतारो मार्टिनेजलाई टिममा राखिएको छ । जोर्डान अल्जेरिया र अस्ट्रियासँग हारेर पहिल्यै बाहिरिसकेको थियो, त्यसैले यो खेल जितेको भए पनि जोर्डनलाई अगाडि बढाउने सम्भावना थिएन ।

अर्जेन्टिनाको टोलीमा प्रतिस्पर्धा कडा छ र स्कालोनीले टोलीलाई फ्रान्स र सह-आयोजक मेक्सिकोसँगै ९ अङ्कसहित टुर्नामेन्टमा राख्न चाहनुहुन्थ्यो । अर्जेन्टिनाले सन् १९६२ को ब्राजिलपछि लगातार दुई पटक विश्वकप जित्ने पहिलो टोली बन्ने लक्ष्यका साथ केप भर्डे विरुद्धको खेल अघि ‘सरप्राइज प्याकेज’ दिन चाहन्थ्यो । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्