Trending
बिना अभिनित यशोदाको तीज गीत ‘ए मैना सुनन’     |     रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक     |     सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त, आजै सपथ लिने     |     वालेन सरकारको भण्डाफोर गर्न शनिबार जेनजीहरुले पत्रकार सम्मेलन गर्दै     |     हिरासतमा सीसीटीभी राख्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश     |     सट्टेबाजीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ     |     प्युठानमा सामुदायिक वनबाट १३ थान भरुवा बन्दुक बरामद     |     सुनकोशीमा बेपत्ता वृद्ध दम्पतीमध्ये श्रीमतीको शव फेला     |     अझै २८ जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता विवाद     |     सुदूरपश्चिम रोयल्समा फर्किए सेफ अली जैब     |    
खेलकुद

लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ

२१ असार २०८३, आईतवार १८:५०

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय एकदिवसीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार बिदाइ गरेको छ।

जुलाई २१ देखि ३१ तारिखसम्म नेदरल्यान्ड्समा आयोजना हुने शृङ्खलाका लागि कप्तान रोहित पौडेल को नेतृत्वमा १५ सदस्यीय टोलीलाई काठमाडौँमा आयोजित एक समारोहबीच बिदाइ गरिएको हो।

प्रतियोगितामा घरेलु टोली नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी हुनेछन्। शृङ्खलाको उद्घाटन खेलमा नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।

हाल आठ टोली सहभागी लिग–२ अंकतालिकामा नेपाल २४ अंकसहित पाँचौँ स्थानमा रहेको छ। नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो तथा नामिबिया २२ अंकसहित सातौँ स्थानमा छन्।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन साउद र विनोद भण्डारी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्