Trending
राहदानी सेवा केही दिन स्थगित     |     काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स     |     ए–स्टार नेपाल बास्केटबलको उपाधि ग्रीनफोर्ड नाइट्सलाई     |     पानी पर्न थालेपछि डेंगु सङ्क्रमणको जोखिम बढ्ने     |     लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ     |     बिलबिजकबिनाका २७ कवाडी ट्रक नियन्त्रणमा, राजस्व अनुसन्धान विभागद्वारा छानबिन     |     २७ कवाडी ट्रक नियन्त्रणमा : रोशन चौधरी–बिमल बोहोरा समूहमाथि उठेका अवैध असुलीका आरोपको अनुसन्धान तीव्र     |     सिआइबीको कारण प्रहरी प्रशासनलाई असर     |     सांस्कृतिक सम्पदाका समर्पित शिल्पी: गणेश कुमार (साजवा) प्रजापतिको प्रेरणादायी यात्रा     |     सुनुवार राष्ट्रसेवक समाजको स्मारिका विमोचन     |    
खेलकुद

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

२१ असार २०८३, आईतवार १९:५३

काठमाडौं। एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित नेपालको लोकप्रिय इनर्जी ड्रिंक्स एक्स्ट्रिम इनर्जी ड्रिंक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजको टाइटल स्पोन्सर रूपमा रहने भएको छ ।

यस सम्झौतासँगै एक्स्ट्रिम इनर्जी ड्रिंक्स काठमाडौं गोर्खाजको मुख्य प्रायोजकका रूपमा रहनेछ भने टोलीको प्लेइङ जर्सीको अगाडिको प्रमुख स्थानमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको लोगो रहनेछ । यो सहकार्यले नेपाली क्रिकेटको सबैभन्दा ठूलो र ग्लामरस फ्रेन्चाइज लिग एनपीएलमार्फत एक्स्ट्रिम इनर्जी ड्रिंक्सको ब्रान्डलाई अझ सशक्त रुपमा दर्शकमाझ स्थापित गर्ने विश्वास कम्पनीले लिएको छ ।

काठमाडौं गोर्खाज र एक्स्ट्रिम इनर्जी ड्रिंक्सबीचको यो सहकार्य लगातार दोस्रो वर्षको साझेदारी हो । गत संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स डायमन्ड स्पोन्सरका रूपमा आबद्ध भएको थियो भने यस वर्ष टाइटल स्पोन्सरको रूपमा आफ्नो सहभागितालाई अझ सशक्त बनाएको छ ।

यसैगरी, काठमाडौं गोर्खाजको व्यवस्थापन गरिरहेको माभरिक्सका संस्थापक-निर्देशक श्रवणबहादुर सिंहले एक्स्ट्रिम इनर्जी ड्रिंक्ससँगको साझेदारीले टोलीलाई थप ऊर्जा र आत्मविश्वास दिएको बताए । उनले भने, ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्सले नेपाली खेलकुद क्षेत्रमा फरक छाप छोडन सफल भएकाले अहिलेको अवस्थामा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको सहभागिताबिना कुनै ठूलो खेलकुद प्रतियोगिता कल्पना गर्ने गाह्रो भइसकेको छ ।’

यस्तो प्रभावशाली र खेलकुदप्रति प्रतिबद्ध ब्रान्डसँग लगातार दोस्रो वर्ष सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित छौँ । यसले टोलीलाई उत्कृष्ट नतिजा हासिल गर्न थप प्रेरणा दिएको छ । यस्ता साझेदारीहरूले कुनै पनि टोलीको व्यवस्थापनलाई अझ सुदृढ र व्यावसायिक बनाउन महत्त्वपूर्ण योगदान पुऱ्याउँछन् ।’

सम्झौता कार्यक्रममा एग्रो थाई फुड्स प्रालिकी बजार व्यवस्थापक सोनिया रानाले नेपाल प्रिमियर लिग नेपाली क्रिकेटकै सबैभन्दा ठूलो र प्रतिष्ठित फ्रेन्चाइज प्रतियोगिता रहेकाले प्रतियोगितामा काठमाडौं गोर्खाजको टाइटल स्पोन्सर बन्न पाउँदा हामी अत्यन्त उत्साहित रहेको र एनपीएलसँगको सहकार्यले एक्स्ट्रिम इनर्जी ड्रिंक्सको ब्रान्ड छविलाई अझ उचाइमा पुऱ्याउने विश्वास व्यक्त गरिन् ।

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले विगत केही वर्षदेखि नेपाली खेलकुद क्षेत्रमा सक्रिय रूपमा लगानी गर्दै आएको छ । कम्पनी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजकका साथै क्रिकेट, फुटबल, भलिबल, म्याराथन, प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता, जय ट्रफी क्रिकेट प्रतियोगितामा पनि मुख्य प्रायोजकको रूपमा रहेको थियो ।

तथा अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा सहकार्य गर्दै आएको छ । खेलकुदमार्फत युवामा ऊर्जा, आत्मविश्वास र उत्कृष्ट प्रदर्शनको प्रेरणा दिने उद्देश्यसहित कम्पनीले आफ्नो सामाजिक तथा व्यावसायिक जिम्मेवारीलाई निरन्तर अघि बढाइरहेको छ ।

काठमाडौं गोर्खाजसँगको यो साझेदारीले एक्स्ट्रिम इनर्जी ड्रिंक्सलाई नेपाली खेलप्रेमीमाझ अझ सशक्त रूपमा जोड्ने मात्र नभई नेपाली क्रिकेटको विकास र व्यवसायीकरणमा समेत सकारात्मक योगदान पुग्ने कम्पनीको विश्वास छ ।

काठमाडौं गोर्खाजले यसअघि पूर्वराष्ट्रिय क्रिकेट खेलाडी शरद भेस्वाकरलाई क्रिकेट डाइरेक्टर नियुक्त गरिसकेको छ भने करण केसी मार्की खेलाडी तथा कप्तान रहेका छन् । टोलीले आगामी एनपीएलका लागि भीम सार्की, शाहब आलम, रशिद खान, मोहम्मद आदिल अन्सारी र सन्तोष यादवलाई पनि रिटेन गरिसकेको छ ।

एक्स्ट्रिम इनर्जी ड्रिंक्स नेपाली युवाको ऊर्जा, उत्साह र जोसको प्रतीक ब्रान्डका रूपमा खेलकुदसँगको सहकार्यलाई अझ विस्तार गर्दै जाने प्रतिबद्धतासहित आगामी दिनमा पनि विभिन्न खेलकुद गतिविधिमा आफ्नो सक्रिय सहभागिता निरन्तर रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्