Trending
अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी     |     पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द     |     प्रतिनिधि सभा बैठक अनिश्चितकालका लागि स्थगित     |     रसुवाको भोटेकोशीमा बाढी : ११४ जनाको हवाई उद्धार     |     राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री     |     राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन     |     संसद्को रेकर्डबाट हट्यो बादलले बोलेका ‘नर्थ कोरिया मोडल र अमेरिका’ भन्ने शब्द     |     स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु     |     बागमतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाउ आदेश     |     टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित     |    
खेलकुद

ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश

२२ असार २०८३, सोमबार ०६:३३

काठमाडौँ। एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा आज भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

नर्वेको जितमा दुवै गोल हालान्डले गरे । उनले खेलको दोस्रो हाफको अन्तिम ११ मिनेटमा दुई गोल गरेका थिए । खेलको ७९औँ मिनेटमा हालान्डले नर्वेका लागि पहिलो गोल गरेका थिए । आन्द्रेस सेलड्रुपको पासमा हालान्डले गोल गरेका हुन् । त्यस्तै उनले खेलको ९०औँ मिनेटमा दोस्रो गोल गरे ।

त्यसैगरी, ब्राजिलका लागि नेइमारले खेलको दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत एक गोल फर्काएका थिए । यस हारसँगै ब्राजिल विश्वकपबाट बाहिरिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्