Trending
सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश     |     पेट्रोलियम पदार्थको मूल्य यथावत्     |     कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी     |     प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित     |     नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ?     |     विष्णु पौडेलको हिरासत पाँचौँ पटक थप, विशेष अदालतबाट तीन दिनको अनुमति     |     जरा अभियान समापन भएलगत्तै भदौ २४ सम्मका लागि नयाँ अभियानको घोषणा गर्दै कांग्रेस     |     प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच चार घन्टा एक्लाएक्लै छलफल     |     गणेश नेपाली मृत्यु प्रकरणमा सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति     |     काठमाडौंमा RF3 World को भव्य शुभारम्भ, स्वास्थ्य र व्यवसायिक अवसरबारे विस्तृत छलफल     |    
खेलकुद

प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित

३१ असार २०८३, बुधबार २०:५१

काठमाडौं। नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ डेनमार्कमा आयोजना हुने विश्वप्रसिद्ध युवा फुटबल प्रतियोगिता ‘डाना कप (DANA Cup)’ मा खेल सञ्चालनका लागि पुनः मनोनित भएकी छन्।

जुलाई २० देखि सुरु हुने प्रतियोगितामा उनले रेफ्री तथा सुपरभाइजरको भूमिकामा सहभागिता जनाउनेछिन्।

लक्ष्मी सन् २०२२ देखि लगातार डाना कपका लागि चयन हुँदै आएकी छन्। विश्वभरका हजारौँ युवा खेलाडी र खेल अधिकारीहरू सहभागी हुने यस अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर अवसर प्राप्त गर्नु उनको व्यावसायिक दक्षता, निष्पक्ष निर्णय क्षमता र खेलप्रतिको समर्पणको प्रमाणका रूपमा हेरिएको छ।

सन् १९८२ देखि डेनमार्कमा हरेक वर्ष आयोजना हुँदै आएको डाना कपलाई विश्व फुटबलमा युवा खेलाडीहरूको ‘मिनी विश्वकप’ का रूपमा चिनिन्छ। प्रतियोगितामा विश्वका ४५ भन्दा बढी देशका एक हजारभन्दा बढी टोलीहरूको सहभागिता रहने गर्छ।

यस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला रेफ्रीको निरन्तर सहभागिताले नेपाली फुटबल र रेफ्रिङ क्षेत्रको अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाएको खेलकुद क्षेत्रका जानकारहरूको भनाइ छ। साथै, लक्ष्मीको सफलताले नेपालमा रेफ्री बन्ने लक्ष्य राखेका युवा तथा विशेषगरी महिलाहरूलाई प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।

उनको मनोनयनपछि खेलप्रेमी, शुभेच्छुक तथा खेलकुदसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनीहरूले डेनमार्कमा हुने प्रतियोगितामा लक्ष्मीको सफल सहभागिताका लागि शुभेच्छा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्