Trending
‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’ को टिकटकमा अभूतपूर्व सफलता     |     उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित     |     एमाले र नेकपा बिच ३ बुँदे सहमति,प्रदेश सरकारमा सहकार्य     |     चलचित्र ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक     |     सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता     |     घुससहित रंगेहात पक्राउ परे काठमाडौं महानगरका लेखा अधिकृत     |     मन्त्रालयले खटाएका कर्मचारीलाई हाजिर गर्न नदिएपछि खोसियो निमित्तको आर्थिक अधिकार     |     विदेशका स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० नेपालीको उद्धार, कम्बोडियाको जेलमा अझै ४९ जना     |     वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै     |     मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता     |    
खेलकुद

उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित

१० श्रावण २०८३, आईतवार १९:०४

काठमाडौं। नेपाल उमा कुङफु संघले करातेका सुनिल लामा र याङतेन लामालाई आइतबार सम्मान गरेको छ ।

करातेमा हासिल गरेको उपलब्धी र करातेको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै सुनिललाई सम्मान गरिएको हो ।

त्यस्तै सुनिलका छोरा याङतेन विभिन्न प्रतियोगितामा प्राप्त गरेको उपलब्धीका लागि सम्मानित भए । स्वयम्भूस्थित दि इलाइट को–एडमा भएको उमा कुङफुको ग्रेडिङको समापनका अवसरमा दुवैलाई सम्मान गरिएको हो ।

सुनिलले बंगलादेशमा भएको ११ औं दक्षिण एसियाली खेलकुद तथा १३ औं एसिया प्यासिफिक सितोरियो कराते प्रतियोगितामा स्वर्ण जितेका थिए । उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पदक जितेका छन् ।

अमेरिकाको न्युयोर्कमा बसोवास गर्ने सुनिलले त्यही च्याम्पियन्स मार्सल आर्ट एकेडेमी स्थापना गरी करातेमा अहिले पनि सक्रिय छन् । काठमाडौंको रानीवनमा पनि सोही नामको एकेडेमी सञ्चालनमा छ ।

अमेरिकामा विभिन्न प्रतियोगितामा सहभागी हुन जाने खेलाडी र टोलीलाई सम्भव भएसम्म एकेडेमीको तर्फबाट स्वागत र सम्मान पनि गर्ने गरेका छन् ।

इलाइट को–एडकी प्रिन्सिपल सम्झना कर्माचार्य कपाली, नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राई, उपाध्यक्ष भूपेन्द्र गुरुङ, उमा कुङफुका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, डब्लुएमएसी, नेपालका अध्यक्ष स्वयम्भूराज डंगोललगायतले सुनिल र याङतेनलाई प्रशंसा पत्रसहित सम्मान गर्नुका साथै ग्रेडिङमा उत्तीर्णलाई प्रमाण पत्र प्रदान गरे ।

सुरेन्द्र थापा मगर र गोविन्दकुमार श्रेष्ठ ब्ल्याकवेल्ट दोश्रो डान तथा श्यामप्रसाद गौतम, सारदा गुरुङ चित्रकार, पुरुषोतमदास श्रेष्ठ, रविन्द्रप्रसाद श्रेष्ठ र रत्न राणा थापा ब्ल्याकवेल्ट पहिलो डानमा पदोन्नती भए । ग्रेडिङ अन्तर्राष्ट्रिय निर्णायक उमा कुङफु संघका उपाध्यक्ष रमेश महर्जनले सञ्चालन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले नेपाली करातेका चिरपरिचित खेलाडी र उदीयमान खेलाडीलाई एउटै मञ्चमा सम्मान गर्न पाउनु खुशीको क्षण भएको बताउदै च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमीले नेपालबाट अमेरिका पुगेका खेलकर्मीलाई गर्ने स्वागत र सत्कारको प्रशंसा गरे । सुनिलले आफ्नो र छोराको सफलतताको कदर गर्दे सम्मान गरेकोमा उमा कुङफु संघ परिवारलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्