Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

रिलिज अघि नै ‘भूल भुलैया ३’ ले ९० प्रतिशत लागत उठायो

१९ आश्विन २०८१, शनिबार ०९:२१

काठमाडौं। कार्तिक आर्यनको अर्को फिल्म ‘भूल भुलैया ३’ रिलिज हुनुअघि नै चर्चामा छ ।

अनीस बज्मीले निर्देशन गरेको यो हरर कमेडी फिल्ममा विद्या बालन, तृप्ति डिमरी र माधुरी दीक्षित पनि प्रमुख भूमिकामा छन् । फिल्म दीपावलीमा रिलिज हुदै छ ।

यसैबीच चलचित्रको बजेटको ९० प्रतिशत रिलिज अगावै असुली भइसकेको बताइएको छ । ‘भूल भुलैया ३’ ले आफ्नो लागतको ९० प्रतिशत ननथिएटर डिलबाट असुली गरेको जानकारी टी–सिरिजका प्रवक्ताले नै दिएका छन् ।

फिल्मका निर्माता भूषण कुमारले फिल्मको लागि ठूलो गैर-थिएटर सम्झौता सुरक्षित गरेका छन्, जुन कार्तिक आर्यन र ‘भूल भुलैया’ फ्रान्चाइजी दुवैका लागि रेकर्ड हो । टी सिरिजका प्रवक्ताका अनुसार ‘भुल भुलैया ३’ को डिजिटल, स्याटेलाइट र म्युजिक राइट्स १३५ करोड भारुमा बिक्री भएको छ । यो सम्झौताले विशेष गरी ‘भूल भुलैया २’ को सफलता पछि फ्रेन्चाइजको बढ्दो लोकप्रियतालाई झल्काउँछ ।

नेटफ्लिक्सले डिजिटल अधिकारहरू प्राप्त गरेको छ, जबकि सोनी नेटवर्कले स्याटेलाइट अधिकारहरू राखेको छ । योसँगै टी–सिरिजले म्युजिक राइट्स राखेको छ । एल्बममा पाँच प्रत्याशित हिट गीतहरू समावेश छन् । यो गैर-थिएटर सम्झौताले फिल्मको बजेटको ९० प्रतिशत समेट्छ । ‘भुल भुलैया ३’ बनाउन निर्माण टिमले १५० करोड रुपैयाँ खर्च गरेको छ ।

हालै भुल भुलैया ३’ को टिजर सार्वजनिक गरेपछि फ्यानहरु उत्साहित भएका छन् । उनीहरुले अक्टोबरमा ट्रेलर र गीत रिलिजसँगै प्रचारप्रसारलाई तिब्रता दिने योजना बनाएका छन् ।

‘भूल भुलैया ३’ को थिएटरिकल ट्रेलर अक्टोबर ६, २०२४ मा रिलिज हुने भएको छ । ट्रेलर सार्वजनिक मुम्बईमा एक भव्य कार्यक्रममा हुनेछ, जसमा सम्पूर्ण स्टार कास्टहरू उपस्थित हुनेछन्। अनीस बज्मीले निर्देशन गरेको यो फिल्म सन् २०२४ को दिपावलीको अवसरमा नोभेम्बर १ मा हलमा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्