Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

रिलिज अघि नै ‘भूल भुलैया ३’ ले ९० प्रतिशत लागत उठायो

१९ आश्विन २०८१, शनिबार ०९:२१

काठमाडौं। कार्तिक आर्यनको अर्को फिल्म ‘भूल भुलैया ३’ रिलिज हुनुअघि नै चर्चामा छ ।

अनीस बज्मीले निर्देशन गरेको यो हरर कमेडी फिल्ममा विद्या बालन, तृप्ति डिमरी र माधुरी दीक्षित पनि प्रमुख भूमिकामा छन् । फिल्म दीपावलीमा रिलिज हुदै छ ।

यसैबीच चलचित्रको बजेटको ९० प्रतिशत रिलिज अगावै असुली भइसकेको बताइएको छ । ‘भूल भुलैया ३’ ले आफ्नो लागतको ९० प्रतिशत ननथिएटर डिलबाट असुली गरेको जानकारी टी–सिरिजका प्रवक्ताले नै दिएका छन् ।

फिल्मका निर्माता भूषण कुमारले फिल्मको लागि ठूलो गैर-थिएटर सम्झौता सुरक्षित गरेका छन्, जुन कार्तिक आर्यन र ‘भूल भुलैया’ फ्रान्चाइजी दुवैका लागि रेकर्ड हो । टी सिरिजका प्रवक्ताका अनुसार ‘भुल भुलैया ३’ को डिजिटल, स्याटेलाइट र म्युजिक राइट्स १३५ करोड भारुमा बिक्री भएको छ । यो सम्झौताले विशेष गरी ‘भूल भुलैया २’ को सफलता पछि फ्रेन्चाइजको बढ्दो लोकप्रियतालाई झल्काउँछ ।

नेटफ्लिक्सले डिजिटल अधिकारहरू प्राप्त गरेको छ, जबकि सोनी नेटवर्कले स्याटेलाइट अधिकारहरू राखेको छ । योसँगै टी–सिरिजले म्युजिक राइट्स राखेको छ । एल्बममा पाँच प्रत्याशित हिट गीतहरू समावेश छन् । यो गैर-थिएटर सम्झौताले फिल्मको बजेटको ९० प्रतिशत समेट्छ । ‘भुल भुलैया ३’ बनाउन निर्माण टिमले १५० करोड रुपैयाँ खर्च गरेको छ ।

हालै भुल भुलैया ३’ को टिजर सार्वजनिक गरेपछि फ्यानहरु उत्साहित भएका छन् । उनीहरुले अक्टोबरमा ट्रेलर र गीत रिलिजसँगै प्रचारप्रसारलाई तिब्रता दिने योजना बनाएका छन् ।

‘भूल भुलैया ३’ को थिएटरिकल ट्रेलर अक्टोबर ६, २०२४ मा रिलिज हुने भएको छ । ट्रेलर सार्वजनिक मुम्बईमा एक भव्य कार्यक्रममा हुनेछ, जसमा सम्पूर्ण स्टार कास्टहरू उपस्थित हुनेछन्। अनीस बज्मीले निर्देशन गरेको यो फिल्म सन् २०२४ को दिपावलीको अवसरमा नोभेम्बर १ मा हलमा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्