Trending
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |     भोटेकोशी बाढीपीडितको पुनःस्थापना कार्य सुरु भएको मन्त्री तिमिल्सिनाको भनाइ     |     लुम्बिनी प्रदेश सभा सदस्यको पदमुक्त गर्ने निर्णयप्रति जसपाको आपत्ति     |     शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल     |     माधव नेपाललाई बादलको आरोप- राष्ट्रपति हुने गोप्य सम्झौतापछि राजीनामा     |     रवि-बालेनबिच अविश्वास सिर्जना गराउन एउटा तप्का सक्रिय छ: प्रमोद न्यौपाने     |     ग्यास अभाव समाधान गर्न प्राथमिकता दिन्छु: उद्योगमन्त्री साह     |     ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज     |     बिर्तामोडमा भदौ २७ देखि ‘युवा कलाकार अभिनय प्रशिक्षण’, कलाकारले सिक्नेछन् अभिनयका विविध सीप     |    
खेलकुद

शेखरले एसियाली आईटीएफ खेल्ने

१५ श्रावण २०८३, शुक्रबार २०:५४

काठमाडौँ। शेखर थापाले ११औँ एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

दुई स्पर्धामा उनले पुरुष ६५/७० केजी तौल समूह र चौथो डान प्याटर्नमा नेपालको चुनौती पेस गर्ने छन् ।

मङ्गोलियाको उलानबाटारमा अगष्ट ३ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुन शेखरसहित ती सदस्यीय टोली आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

अफिसियलका रूपमा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ ९आइटिएफ० का अध्यक्ष प्रवीणकुमार कार्की र महासचिव घमबहादुर थापा सहभागी हुनेछन् । दुवैले प्रतियोगिता दौरान हुने कोंग्रेस र अम्पायर कोर्षमा पनि सहभागिता जनाउने छन् ।

महासचिव थापा भने स्वास्थ्यका कारण बिदाइमा उपस्थित थिएनन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले आज यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्