Trending
भाटभटेनी संस्थाद्वारा बागमती प्रदेशका पाँच मन्त्री सम्मानित     |     काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात     |     एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित       |     २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन     |     कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान     |     काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य     |     लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |    
खेलकुद

सुदूरपश्चिम रोयल्समा फर्किए सेफ अली जैब

२४ श्रावण २०८३, आईतवार १९:३०

काठमाडौँ। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का लागि इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।

एनपीएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिम रोयल्सबाट खेलेका जैब प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए। उनले ९ खेलमा २ अर्धशतकसहित २७५ रन बनाउनुका साथै १२ विकेट लिएका थिए।

राष्ट्रिय टोलीबाट भने नखेलेका जैबले इंग्ल्यान्डको घरेलु क्रिकेटमा निरन्तर प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। बाँयाहाते ब्याटर जैबले टी२० क्रिकेटमा ११२ खेलबाट १,७९२ भन्दा बढी रन बनाएका छन्, जसमा उनको स्ट्राइक रेट १४० भन्दा माथि रहेको छ।

भाइटालिटी ब्लास्टमा मात्रै उनले १,६०० भन्दा बढी रन बनाइसकेका छन्। स्लो लेफ्ट-आर्म बलरका रूपमा समेत प्रभावशाली रहेका जैबले टी२० क्रिकेटमा २३ विकेट लिएका छन्।

जैबले हालै भाइटालिटी ब्लास्ट र द हन्ड्रेडमा समेत सहभागिता जनाएका छन् र उत्कृष्ट लयमा रहेका छन्।

“म फेरि आफ्नो घरमा फर्कन पाउँदा निकै खुसी छु र नेपालमा आएर फेरि खेल्न निकै उत्साहित छु,” जैबले भनेका छन्।

सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले जैबको पुनरागमनले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

“जैबलाई फेरि टोलीमा स्वागत गर्न पाउँदा हामी निकै खुसी र उत्साहित छौं। नेपाली कन्डिसनमा म्याच विनरका रूपमा आफूलाई प्रमाणित गरिसकेका जैबबाट यसपटक पनि पहिलो संस्करणकै जस्तै योगदानको अपेक्षा गरेका छौं। पहिलो उपाधि जित्ने हाम्रो लक्ष्यमा उनको भूमिका महत्वपूर्ण हुनेछ भन्ने विश्वास लिएका छौं,” खड्काले भने।

सुदूरपश्चिम रोयल्सले कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई रिटेन गरेको थियो।

त्यस्तै, अक्सनमार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई टोलीमा भित्र्याएको थियो।

प्रतिक्रिया दिनुहोस्