Trending
उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना     |     टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित     |     रास्वपा सचिवालयमा ११ जना थपिए     |     राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने     |     तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य     |     एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित     |     यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू     |     बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद     |     कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत     |     बिना अभिनित यशोदाको तीज गीत ‘ए मैना सुनन’     |    
खेलकुद

एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित

५ भाद्र २०८३, शुक्रबार १९:३४

काठमाडौँ। एसिसी प्रिमियर कपको अभ्यासका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले लगातार दोस्रो जित दर्ता गरेको छ ।

दोस्रो जित दर्ता गर्ने क्रममा नेपालले आज त्यहाँको कर्नाटक राज्यस्तरीय टोलीलाई पाँच विकेटले हरायो ।

आजको खेलमा कर्नाटकले दिएको २४३ रनको लक्ष्य नेपालले ४४ दशमलव तीन ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो ।

नेपालको जितमा मध्यक्रमका ब्याटर देव खनालले शतकीय पारी खेले । उनले ११३ बलमा चार चौका र दुई छक्कासहित अविजित १०० रनको पारी खेलेका हुन् ।

आसिफ शेखले ३८, सन्दीप जोराले ३०, अर्जुन कुमालले २६ र रोहितकुमार पौडेलले १२ रन जोडे । बसिर अहमदले अविजित २२ रन बनाए । कर्नाटकका लागि बलिङतर्फ एल बन्नुर, आदित्य गोयल, अरविन्दकुमार राई, रितेश भटकल र चीरन्थ शिवरुद्रले समान एकरएक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको कर्नाटकले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २४२ रन बनाएको थियो । उसका लागि शरथ श्रीनिवासले ४८, सहर्ष रेड्डीले ४३ रन, रितेश भट्कलले ३७, समर्थ श्रीनिवासले ३२ र फैजान खानले २० रन बनाएका थिए ।

नेपालका लागि बलिङतर्फ करण केसी र सन्दीप लामिछानेले समान तीन/तीन तथा हेमन्त धामीले दुई विकेट हात पारे ।

कर्नाटकविरुद्धको पहिलो अभ्यास खेलमा नेपालले ११६ रनको जित निकालेको थियो । नेपाली टिम केही दिन थप अभ्यास गरेर भारतबाटै प्रिमियर कप खेल्न मलेसिया प्रस्थान गर्ने तालिका छ ।

प्रतियोगितामा नेपालले समूह चरणको पहिलो खेलमा भदौ १५ गते बहराइनविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्