Trending
उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना     |     टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित     |     रास्वपा सचिवालयमा ११ जना थपिए     |     राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने     |     तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य     |     एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित     |     यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू     |     बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद     |     कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत     |     बिना अभिनित यशोदाको तीज गीत ‘ए मैना सुनन’     |    
खेलकुद

टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित

५ भाद्र २०८३, शुक्रबार १९:४३

काठमाडौँ। अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपाल ‘ए’ घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग पराजित भएको छ ।

अष्ट्रेलियाको मारारा क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको हो ।

नेपाल एले जितका लागि दिएको १२३ रनको लक्ष्य पच्छाएको नर्दन टेरिटोरी स्ट्राइकले १५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नर्दन टेरिटोरी स्ट्राइकले सुरुआतदेखि आक्रामक ब्याटिङ गरेको थियो ।

डाउट्जी होगेनबोजमले अविजित सर्वाधिक ५० रनको योगदान दिए भने जोर्डन सिल्कले अविजित ४२, कप्तान डार्सी सर्टले २३ रनको योगदान दिए ।

नेपाल एका पवन सर्राफले तीन ओभरमा १३ रन खर्चेर दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२२ रनको योगफल बनाएको थियो । नेपालका लागि पवन सर्राफले ४९ बलमा तीन चौका र एक छक्काको सहयोगमा सर्वाधिक ४१ रन बनाए ।

लोकेश बमले १३ बलमा एक चौका र एक छक्कासहित १६, नारायण जोशीले आठ बलमा एक चौका र एक छक्कासहित १५, कप्तान अनिल साहले नौ बलमा एक चौका र एक छक्कासहित १४ र तृतराज दासले नौ बलमा दुई चौकासहित १३ रन बनाए । राशिद खानले १० तथा कुशल मल्लले नौ रन बनाए । नेपालका ओपनर कुशल भुर्तेल पाँच बल खेल्दै खाता खोल्न नपाई आउट भए भने शाहब आलम र रिजान ढकाल शून्यमा अविजित रहे ।

यता नर्दन टेरिटोरी स्ट्राइकका लागि हमिस मार्टिनले चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए । त्यस्तै टम मेन्जिज, साम बार्कर, विलियम ब्लेयर र डार्सी सर्टले समान एक-एक विकेट लिए । नेपाल एले शनिबार बङ्गलादेशको ‘ए’ टोलीसँग खेल्नेछ । रासस 

प्रतिक्रिया दिनुहोस्