Trending
राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन     |     संसद्को रेकर्डबाट हट्यो बादलले बोलेका ‘नर्थ कोरिया मोडल र अमेरिका’ भन्ने शब्द     |     स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु     |     बागमतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाउ आदेश     |     टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित     |     बाल शल्यचिकित्सकबीच अन्तरक्रिया     |     पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि     |     उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना     |     टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित     |     रास्वपा सचिवालयमा ११ जना थपिए     |    
खेलकुद

टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

८ भाद्र २०८३, सोमबार १९:२६

काठमाडौँ। अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजमा नेपाल ए टोलीले पहिलो जित दर्ता गराएको छ ।

डार्विनस्थित मरारा क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ए ले होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको होे । यसअघिका दुई खेलमा नेपाल ए पराजित भएको थियो ।

नेपाल ए ले जितको लागि दिएको १५५ रनको लक्ष्य पछ्याएको होबार्ट हरिकेन्स एकेडेमी १८.३ ओभरमा सबै विकेट गुमाउदै ११५ रनमा समेटियो । एकेडेमीका लागि नितेश सामुएलले सर्वाधिक ३७ रन बनाए भने टिम वार्डले २३ रन जोडे ।

नेपालका बलरमध्ये नारायण जोशीले तीन विकेट लिए भने शाहब आलम र पवन सर्राफले समान २–२ विकेट लिए । विपिन खत्रीले एक विकेट झारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ए ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ३९ रन बनाए । उनले ३४ बलमा ६ चौका प्रहार गरे । मायन यादवले ३१, कप्तान अनिल साहले २८ तथा लोकेश बमले २० रन बनाए । तृत राज दासले १० रन जोडे । रासस

प्रतिक्रिया दिनुहोस्