Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
खेलकुद

महिला टी-२० विश्वकप : अष्ट्रेलियाले पाकिस्तानलाई हरायो

२६ आश्विन २०८१, शनिबार ०३:५९

२६ असोज, काठमाडौँ।महिला टी-२० विश्वकप २०२४ मा शुक्रबार राति अष्ट्रेलिया र पाकिस्तानबीचको खेलमा अष्ट्रेलिया नौ विकेटले विजयी भएको छ।

पाकिस्तानसँगको यो हारपछि भारतीय टोलीको सेमिफाइनल पुग्ने सम्भावना केही बढेको छ। शुक्रबार भएको खेलमा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।

पहिले ब्याटिङ गर्न आएको पाकिस्तानी टोलीका कुनै पनि खेलाडी क्रिजमा बसेर खेल्न सकेनन्। मध्यक्रमका ब्याट्सम्यान आलिया रियाजले मात्र २६ रनको संघर्षपूर्ण इनिङ खेलिन्। तर, उनले आफ्नो टोलीलाई सम्मानजनक स्कोरमा पुर्याउन सकिनन्।

पाकिस्तानी टोली १९.५ ओभरमा ८२ रनमा अलआउट भयो। ८३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ११ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि कप्तान एलिस हेलीले सर्वाधिक ३७ रन बनाउँदा एस्ले गार्डनरले सर्वाधिक ४ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्