Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

हलले हिन्दी फिल्मलाई प्राथमिकता दिएपछि निश्चलको चेतावनी: विकल्प खोज्न नपरोस्

२८ आश्विन २०८१, सोमबार १०:२०

२८ असोज, काठमाडौं। ‘बेहुली फ्रम मेघौली’का निर्माता निश्चल बस्नेतले नेपाली सिनेमाले राम्रो प्रतिक्रिया पाइरहेको भएपनि हलले शो घटाएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन्।

दर्शकको राम्रो प्रतिक्रिया, साथ र अकुपेन्सी हुँदापनि हिन्दी फिल्मलाई नै धेरै शोहरू दिएको भन्दै उनले अब आफू हलको विकल्प खोज्नतिर लागेको चेतावनी दिएका हुन् ।

‘राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ, राम्रो अकुपेन्सी हुँदापनि तपाईंहरू चाहिँ त्यही हिन्दी फिल्मलाई नै शो दिइराख्नु है, अकुपेन्सी आलु हुँदापनि,’ उनले थप लेखेका छन्, ‘म चाहिँ हलको विकल्पतिर लागेँ।’ सामाजिक सञ्जालमार्फत बस्नेतले लेखेका छन् ।

आलिया भाट स्टारर सिनेमा ‘जिग्रा’  शुक्रबारदेखि नेपालका विभिन्न हलमा प्रदर्शनीमा छ। त्यसकै लागि नेपाली सिनेमाहरूको शो घटाइएको उनको दाबी छ।  ‘बेहुली फ्रम मेघौली’ले पाएका शो सबैजसो हलहरूमा ८० देखि ९० प्रतिशत भरिए पनि भारतीय सिनेमा लाग्नेबित्तिकै शो घटाइएको उनले बताए।

‘शोहरू मेरिटको आधारमा दिनुपर्ने हो। हाम्रो शोमा जति पनि पाएका छौं लगभग सबैजसो भरिएकै छन्, या ८० देखि ९० प्रतिशत अकुपेन्सीहरू छन्,’ उनले सेतोपाटीसँग भने, ‘अहिले तीन वटै नेपाली सिनेमाले राम्रो गरिरहेको छ। राम्रो गरिरहेका अन्य सिनेमाबाट शो मागेका पनि हैनौं। तर एउटा हिन्दी फिल्म लगाइएको छ, जसको अकुपेन्सी पनि छैन, दर्शक पनि गएका छैनन्। तर त्यही फिल्मले हाम्रो भन्दा दोब्बर शो पाइरहेको छ।’

‘बेहुली फ्रम मेघौली’ घटस्थापनाको दिनदेखि प्रदर्शनरत छ, जहाँ उनकाे लगानी समेत रहेको छ । चलचित्रमा उनीसहित नायिक स्वस्तिमा खड्काको मूख्य भूमिका छ । तर, फूलपातीबाट ‘ज्वाइँ साब’, ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ एकसाथ प्रदर्शनमा आएपछि ‘बेहुली फ्रम मेघौली’ हलहरूकाे प्राथमिकतामा नपरेकाे हाे।

प्रतिक्रिया दिनुहोस्