Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

हलले हिन्दी फिल्मलाई प्राथमिकता दिएपछि निश्चलको चेतावनी: विकल्प खोज्न नपरोस्

२८ आश्विन २०८१, सोमबार १०:२०

२८ असोज, काठमाडौं। ‘बेहुली फ्रम मेघौली’का निर्माता निश्चल बस्नेतले नेपाली सिनेमाले राम्रो प्रतिक्रिया पाइरहेको भएपनि हलले शो घटाएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन्।

दर्शकको राम्रो प्रतिक्रिया, साथ र अकुपेन्सी हुँदापनि हिन्दी फिल्मलाई नै धेरै शोहरू दिएको भन्दै उनले अब आफू हलको विकल्प खोज्नतिर लागेको चेतावनी दिएका हुन् ।

‘राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ, राम्रो अकुपेन्सी हुँदापनि तपाईंहरू चाहिँ त्यही हिन्दी फिल्मलाई नै शो दिइराख्नु है, अकुपेन्सी आलु हुँदापनि,’ उनले थप लेखेका छन्, ‘म चाहिँ हलको विकल्पतिर लागेँ।’ सामाजिक सञ्जालमार्फत बस्नेतले लेखेका छन् ।

आलिया भाट स्टारर सिनेमा ‘जिग्रा’  शुक्रबारदेखि नेपालका विभिन्न हलमा प्रदर्शनीमा छ। त्यसकै लागि नेपाली सिनेमाहरूको शो घटाइएको उनको दाबी छ।  ‘बेहुली फ्रम मेघौली’ले पाएका शो सबैजसो हलहरूमा ८० देखि ९० प्रतिशत भरिए पनि भारतीय सिनेमा लाग्नेबित्तिकै शो घटाइएको उनले बताए।

‘शोहरू मेरिटको आधारमा दिनुपर्ने हो। हाम्रो शोमा जति पनि पाएका छौं लगभग सबैजसो भरिएकै छन्, या ८० देखि ९० प्रतिशत अकुपेन्सीहरू छन्,’ उनले सेतोपाटीसँग भने, ‘अहिले तीन वटै नेपाली सिनेमाले राम्रो गरिरहेको छ। राम्रो गरिरहेका अन्य सिनेमाबाट शो मागेका पनि हैनौं। तर एउटा हिन्दी फिल्म लगाइएको छ, जसको अकुपेन्सी पनि छैन, दर्शक पनि गएका छैनन्। तर त्यही फिल्मले हाम्रो भन्दा दोब्बर शो पाइरहेको छ।’

‘बेहुली फ्रम मेघौली’ घटस्थापनाको दिनदेखि प्रदर्शनरत छ, जहाँ उनकाे लगानी समेत रहेको छ । चलचित्रमा उनीसहित नायिक स्वस्तिमा खड्काको मूख्य भूमिका छ । तर, फूलपातीबाट ‘ज्वाइँ साब’, ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ एकसाथ प्रदर्शनमा आएपछि ‘बेहुली फ्रम मेघौली’ हलहरूकाे प्राथमिकतामा नपरेकाे हाे।

प्रतिक्रिया दिनुहोस्