Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

‘छक्कापञ्जा ५’को उत्साह उस्तै, घरेलु बक्सअफिसबाट पाँच दिनमै ९ करोड कलेक्सन

२९ आश्विन २०८१, मंगलवार ०९:००

काठमाडौं। दसैंको फूलपातिको दिन रिलिज भएको फिल्म ‘छक्कापञ्जा ५’ले घरेलु बक्स अफिसमा निकै राम्रो प्रदर्शन गरिरहेको छ ।

प्रदर्शनको पहिलो दिन नै रेकर्ड ब्रेक गर्दै कमाई गरेको फिल्मले पाँच दिनकै बिचमा (सोमबारसम्म) ९ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको छ ।

वितरक ब्यांकटेस इन्टरटेनमेन्टले प्रदर्शनको पाँचौ दिन सोमबारसम्म दीपकराज गिरी स्टारर फिल्मको देशब्यापी कमाइ ९ करोड रुपैयाँ हाराहारीमा रहेको विवरण उपलब्ध गराएको छ ।

‘हामीले आधिकारिक हिसाब सार्वजनिक गर्ने तयारी गरिरहेका छौं । मंगलबारसम्मको फिल्मको कलेक्सन साढे १० करोड पुग्ने हाम्रो प्रक्षेपण छ’  कम्पनीका मनोज राठीले अनलाइनखबरसँग भने, ‘मोफसलमा यो फिल्म भयानक चलेको छ ।’

उनका अनुसार, ‘छक्कापञ्जा ५’को कूल कलेक्सनमा काठमाडौं उपत्यका र मोफसलको हिस्सा करिब समान छ । यसपटक मोफसलमा फिल्मले बढी शो प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्