Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

‘छक्का पञ्जा–५’ले एक सातामा कति कमायो ?

१ कार्तिक २०८१, बिहीबार ०३:५३

काठमाडौं। चलचित्र ‘छक्का पञ्जा–५’ले एक सातामा १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । निर्माणपक्षका अनुसार सात दिनमा ‘छक्का पञ्जा–५’ले १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।

फिल्मले ६ दिनसम्म न्यूनतम १० करोड ग्रसको कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार फिल्मले यो अवधिमा १० करोड ५० लाख ग्रस हाराहारीमा कमाइ गरेको हो ।

गत बिहीबार अथवा फूलपातीका दिनदेखि यो चलचित्र रिलिज भएको थियो । ‘छक्का पञ्जा–५’ दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र हो । जसमा दीपकराज गिरी, केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् ।

‘छक्का पञ्जा–५’सँगै ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ पनि रिलिज भएका थिए । ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले भने बक्सअफिस रिपोर्ट सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्