Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

फिल्म ‘एक्टर: टेक वन’ प्रदर्शन मिति सर्यो

१ कार्तिक २०८१, बिहीबार ११:१३

काठमाडौँ। अदृत फिल्म र मोती फिल्मस्ले संयुक्त रूपमा निर्माण गरेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ को प्रदर्शन मिति हेरफेर गरिएको छ।

पूर्व निर्धारित मिति कार्तिक १५ (अक्टोबर ३१, २०२४) मा सार्वजनिक प्रदर्शनमा ल्याउने योजना भए पनि, मानवीय र प्राविधिक समस्याका कारण सो मिति स्थगित गरिएको हो। अब यो चलचित्र माघ १६, २०८१, बुधवारका दिन प्रदर्शन हुने निर्माण पक्षले घोषणा गरेको छ।

चलचित्र निर्माण टोलीका सदस्यहरूको स्वास्थ्यमा समस्या देखिएको र केही प्राविधिक कठिनाइहरू उत्पन्न भएकाले प्रदर्शन मिति पर सार्नु परेको निर्माण पक्षले जनाएको छ। चलचित्रको उत्कृष्टता र दर्शकहरूको सन्तुष्टिलाई ध्यानमा राख्दै यी समस्याहरू समाधान गर्दै अझै परिष्कृत रूपमा दर्शकमाझ चलचित्र पुर्‍याउने उद्देश्यका साथ नयाँ मिति तय गरिएको हो।

मिति परिवर्तन गरेकोमा वितरक, चलचित्र प्रेमी र अन्य सरोकारवालाहरूलाई परेको असुविधाप्रति क्षमा समेत  निर्माण पक्षले मागको छ । थमनकुमार भण्डारी र मोती कार्की निर्माता रहेको चलचित्रमा प्रदीप खड्का, राजबल्लभ कोइराला, अन्ना शर्मा, दिव्या रायमाझी, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कलाकारको अभिनय छ ।

फिल्मको निर्देशन राजन भुसालले गरेका हुन् । ‘अदृत फिल्मस्’ र ‘मोती फिल्मस्’ को संयुक्त प्रस्तुति रहेको यो फिल्मका सह–निर्माता अनिश भुसाल हुन् ।

प्रतिक्रिया दिनुहोस्