Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

‘ज्वाइँ साब’ मा ‘अकुपेन्सी’ राम्रो हुँदा पनि कम शो दिइएको गुनासो

१ कार्तिक २०८१, बिहीबार ११:२३

१ कातिक,काठमाडौँ। नेपालगन्जमा दर्शकहरुले नेपाली चलचित्र ‘ज्वाइँ साब’ हेर्न नपाएको गुनासो गरेका छन् ।

नेपालगन्जका हलहरु भिजिट गर्ने क्रममा नेपालगन्ज आइपुगेका चलचित्र ‘ज्वाइँ साब’को टिमसँग दर्शकहरुले चलचित्र ज्वाइँ साब हेर्न नपाएको गुनासो गरेका हुन् ।

फिल्मका कलाकारहरू हलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेका छन्। दर्शकहरूले पनि फिल्मलाई सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। काठमाडौंका हल–हलमा पुगिरहेको फिल्मको टिम बुधबार नेपालगञ्ज पुगेको थियो, जहाँका हलमा फिल्म हेर्न दर्शकको उत्साहजनक उपस्थिति देखियो।

निर्देशक वसन्त निरौला, अभिनेता जितु नेपाल र अभिनेत्री नीति शाहसहितको टिम नेपालगञ्जको क्युएफएक्स वागेश्वरी र सिने रोयलमा पुगेर दर्शकसँगै बसेर फिल्म हेरेका थिए। त्यसक्रममा दर्शकहरूले फिल्म मन परेको प्रतिक्रिया दिए।

असोज २४ गते फुलपातीदेखि प्रदर्शनरत चलचित्र ‘ज्वाइँ साब’को टिम चलचित्र प्रदर्शनमा आएपछि पहिलोपटक मोफसलको यात्रामा नेपालगन्ज आएका थिए। उक्त टोलीमा चलचित्रका प्रमुख पात्र जीतु नेपाल, नीति शाह र निर्देशक बसन्त निरौलालगायतको उपस्थिति रहेको थियो । उनीहरुले नेपालगन्जमा रहेको सिने रोयल र वागेश्वरी सिनेमाज्मा भिजिट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्