Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

दोस्रो सातामा थपियो ‘१२ गाउँ’ को शो, ‘छक्कापञ्जा ५’ भन्दा बढी

१ कार्तिक २०८१, बिहीबार ११:३०

१ कातिक,काठमाडौँ।दशैँको अवसर पारेर फूलपातीको दिन (असोज २४) बाट रिलिज भएको तीन चलचित्र ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ आजबाट प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेका छन् ।

दोस्रो हप्तामा लागेसँगै कुनै चलचित्रको शो संख्या घटेको छ, कुनैको थप गरिएको छ भने कुनै चलचित्र हलबाटै उतार्नु पर्ने अवस्था आएको छ ।पहिलो दिनको शो संख्या हेर्दा ‘छक्का पञ्जा ५’ ले देशभर झन्डै २५० शो पाएको थियो, जसमा क्यूएफएक्स मात्राले १०० भन्दा धेरै शो दिएको थियो । अहिले दोस्रो सातामा, क्यूएफएक्स चेनहरूमा ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ को शो बराबरीजस्तै ७१ मा झरेको छ ।

विराज भट्टको फिल्म ‘१२ गाउँ’ को ग्रस कलेक्सन ७ करोडमाथि पुगेको अनुमान गरिएको छ। यद्यपि, आधिकारिक रूपमा बक्स अफिस कलेक्सनको रिपोर्ट सार्वजनिक गरिएको छैन।

दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले बिहीबारका लागि ‘छक्का पञ्जा ५’ लाई १५ शो दिएको छ भने ‘१२ गाउँ’ ले १२ शो पाएको छ। आईएनआईमा ‘ज्वाइँ साब’ लाई ३ शो दिइएको छ।

बिग मुभिजमा ‘१२ गाउँ’ अगाडि देखिएको छ। यहाँ बिहीबारका लागि ‘छक्का पञ्जा ५’ ले ६ र ‘१२ गाउँ’ ले ७ शो पाएको छ। यहाँ ‘ज्वाइँ साब’ लाई १ शो दिइएको छ।

सुरूमा शो बाँडफाँट गर्दा क्युएफएक्समा ‘१२ गाउँ’ ले भन्दा ‘छक्का पञ्जा ५’ ले धेरै शो पाएको थियो। दर्शकको साथ पाएपछि ‘१२ गाउँ’ ले विस्तारै शो बढाउँदै लगेको हो।

प्रतिक्रिया दिनुहोस्