Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

दोस्रो सातामा थपियो ‘१२ गाउँ’ को शो, ‘छक्कापञ्जा ५’ भन्दा बढी

१ कार्तिक २०८१, बिहीबार ११:३०

१ कातिक,काठमाडौँ।दशैँको अवसर पारेर फूलपातीको दिन (असोज २४) बाट रिलिज भएको तीन चलचित्र ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ आजबाट प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेका छन् ।

दोस्रो हप्तामा लागेसँगै कुनै चलचित्रको शो संख्या घटेको छ, कुनैको थप गरिएको छ भने कुनै चलचित्र हलबाटै उतार्नु पर्ने अवस्था आएको छ ।पहिलो दिनको शो संख्या हेर्दा ‘छक्का पञ्जा ५’ ले देशभर झन्डै २५० शो पाएको थियो, जसमा क्यूएफएक्स मात्राले १०० भन्दा धेरै शो दिएको थियो । अहिले दोस्रो सातामा, क्यूएफएक्स चेनहरूमा ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ को शो बराबरीजस्तै ७१ मा झरेको छ ।

विराज भट्टको फिल्म ‘१२ गाउँ’ को ग्रस कलेक्सन ७ करोडमाथि पुगेको अनुमान गरिएको छ। यद्यपि, आधिकारिक रूपमा बक्स अफिस कलेक्सनको रिपोर्ट सार्वजनिक गरिएको छैन।

दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले बिहीबारका लागि ‘छक्का पञ्जा ५’ लाई १५ शो दिएको छ भने ‘१२ गाउँ’ ले १२ शो पाएको छ। आईएनआईमा ‘ज्वाइँ साब’ लाई ३ शो दिइएको छ।

बिग मुभिजमा ‘१२ गाउँ’ अगाडि देखिएको छ। यहाँ बिहीबारका लागि ‘छक्का पञ्जा ५’ ले ६ र ‘१२ गाउँ’ ले ७ शो पाएको छ। यहाँ ‘ज्वाइँ साब’ लाई १ शो दिइएको छ।

सुरूमा शो बाँडफाँट गर्दा क्युएफएक्समा ‘१२ गाउँ’ ले भन्दा ‘छक्का पञ्जा ५’ ले धेरै शो पाएको थियो। दर्शकको साथ पाएपछि ‘१२ गाउँ’ ले विस्तारै शो बढाउँदै लगेको हो।

प्रतिक्रिया दिनुहोस्