Trending
सूर्य प्लाइ सुदूरपश्चिम रोयल्सको स्ट्रेन्थ पार्टनर     |     सुशीला सरकार, ओली एमाले र देउवा कांग्रेस चुनाव भाँड्न उद्धत छन् : प्रभु साह     |     चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा     |     परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |    
खेलकुद

क्रिकेटमा नेपालद्वारा अमेरिका पराजित

२ कार्तिक २०८१, शुक्रबार ०३:४८

२ कातिक,काठमाडौँअमेरिकासँगको पहिलो टि ट्वान्टीमा नेपाल विजयी भएको छ। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरीमा शुक्रबार सम्पन्न खेलमा नेपाल १७ रनले विजयी भएको हो।

अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा शुक्रबार बिहान भएको खेलमा घरेलु टोलीले टस जितेपछि नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको छ ।

त्यसपछि अमेरिका दबाबमा परेको थियो। अमेरिकाले पूरा २० ओभर खेल्दै ७ विकेट गुमाएर मात्र १४७ रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३३ बलमा सर्वाधिक ४९ रन बनाएका थिए। यसैगरी दीपेन्द्रसिंह ऐरीले २८, तथा ओपनरद्वय अनिल शाह र आसिफ शेखले समान २७ रन बनाएका थिएका थिए भने गुल्सन झाले ११ र कुशल भुर्तेलले १० रन बनाउँदा करण केसी र आरिफ सेख गोल्डेन डकआउट भएका थिए।

प्रतिक्रिया दिनुहोस्