Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
खेलकुद

क्रिकेटमा नेपालद्वारा अमेरिका पराजित

२ कार्तिक २०८१, शुक्रबार ०३:४८

२ कातिक,काठमाडौँअमेरिकासँगको पहिलो टि ट्वान्टीमा नेपाल विजयी भएको छ। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरीमा शुक्रबार सम्पन्न खेलमा नेपाल १७ रनले विजयी भएको हो।

अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा शुक्रबार बिहान भएको खेलमा घरेलु टोलीले टस जितेपछि नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको छ ।

त्यसपछि अमेरिका दबाबमा परेको थियो। अमेरिकाले पूरा २० ओभर खेल्दै ७ विकेट गुमाएर मात्र १४७ रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३३ बलमा सर्वाधिक ४९ रन बनाएका थिए। यसैगरी दीपेन्द्रसिंह ऐरीले २८, तथा ओपनरद्वय अनिल शाह र आसिफ शेखले समान २७ रन बनाएका थिएका थिए भने गुल्सन झाले ११ र कुशल भुर्तेलले १० रन बनाउँदा करण केसी र आरिफ सेख गोल्डेन डकआउट भएका थिए।

प्रतिक्रिया दिनुहोस्