Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

प्रकाश सपूतले ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलरमा नजानुको दिए यस्तो प्रष्टीकरण

३ कार्तिक २०८१, शनिबार ०६:४६

काठमाडौँ। गायक क्षेत्रबाट फिल्मको पर्दामा उदाएका कलाकार प्रकाश सपूतले ‘पूर्णबहादुरको सारङ्गी’को विषयमा स्पष्टीकरण दिएका छन् ।

कार्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’सँग जोडिएको सन्दर्भबारे प्रष्टीकरण दिएका छन् । बिहीबार ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको थियो ।

तर, फिल्मको ट्रेलर रिलिजका क्रममा अभिनेताको भूमिका निभाएका प्रकाश सपूत नै उपस्थित नभएपछि भने निर्माण टोलीले खल्लो महसुस गरेको थियो । यसमा निर्देशक सरोज पौडेलले असन्तुष्टि पनि व्यक्त गरेका थिए । त्यसपछि सपुतले आज प्रष्टीकरण दिँदै सिर्जना निर्माता वा कलाकारको दम्भले चल्दैन भनेका छन् ।

प्रकाशले आफूले ‘पूर्णबहादुरको सारङ्गी’ लागि कुनै शर्त नराखेर काम गरेको दाबी गरेका छन् । ‘मैले त उहाँहरूलाई आफ्नो समस्या राखेको थिएँ, सोच्ने समय दिएको थिएँ, सोचेरै सम्झौतामा स्पष्ट लेखिएको छ,’ उनले भने, ‘जेहोस, ‘पूर्णबहादुरको सारङ्गी’ राम्रो कथामा बनेको छ, मैले राम्रो भएर मनैदेखि काम गरेको हुँ ।’

उनले आफू अहिले बसन्तको छायांकनमा रहेको बताउँदै ‘पूर्णबहादुरको सारङ्गी’ फिल्मको भूमिका सानो भएकाले प्रचार प्रसारमा पूर्ण भएर लाग्न नसकेको जनाएका छन् । उनले आगामी दिनमा फिल्मको प्रचारमा लाग्ने संकेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्