Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

प्रकाश सपूतले ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलरमा नजानुको दिए यस्तो प्रष्टीकरण

३ कार्तिक २०८१, शनिबार ०६:४६

काठमाडौँ। गायक क्षेत्रबाट फिल्मको पर्दामा उदाएका कलाकार प्रकाश सपूतले ‘पूर्णबहादुरको सारङ्गी’को विषयमा स्पष्टीकरण दिएका छन् ।

कार्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’सँग जोडिएको सन्दर्भबारे प्रष्टीकरण दिएका छन् । बिहीबार ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको थियो ।

तर, फिल्मको ट्रेलर रिलिजका क्रममा अभिनेताको भूमिका निभाएका प्रकाश सपूत नै उपस्थित नभएपछि भने निर्माण टोलीले खल्लो महसुस गरेको थियो । यसमा निर्देशक सरोज पौडेलले असन्तुष्टि पनि व्यक्त गरेका थिए । त्यसपछि सपुतले आज प्रष्टीकरण दिँदै सिर्जना निर्माता वा कलाकारको दम्भले चल्दैन भनेका छन् ।

प्रकाशले आफूले ‘पूर्णबहादुरको सारङ्गी’ लागि कुनै शर्त नराखेर काम गरेको दाबी गरेका छन् । ‘मैले त उहाँहरूलाई आफ्नो समस्या राखेको थिएँ, सोच्ने समय दिएको थिएँ, सोचेरै सम्झौतामा स्पष्ट लेखिएको छ,’ उनले भने, ‘जेहोस, ‘पूर्णबहादुरको सारङ्गी’ राम्रो कथामा बनेको छ, मैले राम्रो भएर मनैदेखि काम गरेको हुँ ।’

उनले आफू अहिले बसन्तको छायांकनमा रहेको बताउँदै ‘पूर्णबहादुरको सारङ्गी’ फिल्मको भूमिका सानो भएकाले प्रचार प्रसारमा पूर्ण भएर लाग्न नसकेको जनाएका छन् । उनले आगामी दिनमा फिल्मको प्रचारमा लाग्ने संकेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्