Trending
अनु चौधरीको ‘बाबुजी’ सार्वजनिक     |     दलाल दलतन्त्रका कारण मुलुकको अर्थतन्त्र धरासायी बन्दै : आजपा सहअध्यक्ष थापामगर     |     राष्ट्रिय हित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछ : प्रधानमन्त्री     |     गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचित : प्रधानमन्त्री     |     गड्डाचौकी–अत्तरिया सडकखण्ड स्तरोन्नतिले विकासमा नयाँ आयाम थपिने विश्वास     |     मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम     |     भक्तपुरमा फिर्ता ल्याइएको सार्वजनिक जग्गामा काल भैरबको मूर्ति स्थापना     |     गरिव श्रमजीवि विरोधी निजामती ऐन फिर्ता लिनुपर्छ : प्रभु साह     |     देउवाको गृहजिल्ला डडेल्धुरामा विमानस्थल निर्माण हुने     |     त्रिवि क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि ४० करोड बजेट विनियोजन     |    
खेलकुद

नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको विस्फोटक ब्याटिङ

४ कार्तिक २०८१, आईतवार ०३:१४

४ कात्तिक,काठमाडौं। दोस्रो टी–२० मा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ । अमेरिकाको टेक्ससस्थित डलासको ग्रान्ड पिएरी क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १ सय ७० रन बनाएको हो ।

अमेरिकाको डलासमा जारी सिरिजको दोस्रो खेलमा पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर १७० रन जोड्दै चुनौतीपूर्ण लक्ष्य दिएको हो ।

सिरिजको दोस्रो खेलमा कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे । नटआउट रहेर ५४ बलको सामना गरेका उनले ९२ रन जोडे । यसक्रममा उनले ७ चौका र ६ छक्का हिर्काए ।

त्यस्तै अनिल साहले २५, रोहित पौडेलले १८ रन जोडे । नेपालका अन्य ब्याटरले भने दोहोरो रनको योगदान दिन सकेनन् । दीपेन्द्रसिंह ऐरी २ रन र आशिफ शेखले १ रनमै आउट भए । अमेरिकाका नोसथुम केनजिग र जसदीप सिंहले २/२ विकेट लिए ।

घरेलु टिम अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । यसअघि नेपालले सिरिजको पहिलो खेलमा अमेरिकालाई १७ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्