Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
खेलकुद

नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको विस्फोटक ब्याटिङ

४ कार्तिक २०८१, आईतवार ०३:१४

४ कात्तिक,काठमाडौं। दोस्रो टी–२० मा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ । अमेरिकाको टेक्ससस्थित डलासको ग्रान्ड पिएरी क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १ सय ७० रन बनाएको हो ।

अमेरिकाको डलासमा जारी सिरिजको दोस्रो खेलमा पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर १७० रन जोड्दै चुनौतीपूर्ण लक्ष्य दिएको हो ।

सिरिजको दोस्रो खेलमा कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे । नटआउट रहेर ५४ बलको सामना गरेका उनले ९२ रन जोडे । यसक्रममा उनले ७ चौका र ६ छक्का हिर्काए ।

त्यस्तै अनिल साहले २५, रोहित पौडेलले १८ रन जोडे । नेपालका अन्य ब्याटरले भने दोहोरो रनको योगदान दिन सकेनन् । दीपेन्द्रसिंह ऐरी २ रन र आशिफ शेखले १ रनमै आउट भए । अमेरिकाका नोसथुम केनजिग र जसदीप सिंहले २/२ विकेट लिए ।

घरेलु टिम अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । यसअघि नेपालले सिरिजको पहिलो खेलमा अमेरिकालाई १७ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्