Trending
सूर्य प्लाइ सुदूरपश्चिम रोयल्सको स्ट्रेन्थ पार्टनर     |     सुशीला सरकार, ओली एमाले र देउवा कांग्रेस चुनाव भाँड्न उद्धत छन् : प्रभु साह     |     चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा     |     परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |    
खेलकुद

नेयमारले कमब्याक गरेको खेलमा अल हिलाल विजयी

६ कार्तिक २०८१, मंगलवार ०३:३९

६ कार्तिक,काठमाडौं । साउदी क्लब अल हिलालले एएफसी च्याम्पियन्स लिगमा लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले युएईको क्लब अल  ऐनलाई ५-४ गोल अन्तरले पराजित गरेको हो ।

नेयमारले एएफसी च्याम्पियन्स लिग इलिटमा अल ऐन एफसीविरुद्ध खेल्दै पुनरागमन गरे । उनी ७७औँ मिनेटमा दवासरीको स्थानमा मैदान छिरेका थिए । उनी फर्किएको खेलमा अल हिलालले ५(४ को रोमाञ्चक जित निकालेको छ ।यस खेलमा खेलको ८२औ मिनेटमा अलि अल्बूलायहिले रातो कार्ड पाएपछि अल हिलाल १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि अल हिलालको ३ खेलमा ९ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै अल ऐनको भने ३ खेलमा एक अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्