Trending
एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित     |     जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य     |     सुनको मूल्य बढ्यो     |     कर्णालीमा घटाइयो मन्त्रालय     |     मन्त्री पुनले भने– जेनजीहरू आफूलाई पुर्ने खाल्डो आफैँ खन्दैछन्     |     इटालीलाई हराउँदै नर्वे फिफा विश्वकपमा छनोट     |     कर्णाली प्रदेशका अस्पतालमा अझै चिकित्सक पाउनै कठिन     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि     |     मेक्सिकोमा सरकारविरुद्ध हजारौंको प्रदर्शन, झडपमा १२० जना घाइते     |    
शिक्षा

एसईई नतिजा: पुनर्योग गर्दा थप ९४ ले ल्याए ४ जीपीए

५ श्रावण २०८१, शनिबार १५:१३

माध्यमिक शिक्षा परीक्षाको नतिजामा चित्त नबुझेर पुनर्योग गर्दा थप ९४ जना परीक्षार्थीले ४ जीपीए ल्याएको पाइएको छ ।

नतिजा सार्वजनिक गर्दा १८६ जनाले मात्र ४ जीपीए ल्याएका थिए । परीक्षामा सहभागीमध्ये करिब ४८ प्रतिशत मात्र ११ पढ्न योग्य भएका थिए भने ५२ प्रतिशत अनुतीर्ण भएका थिए ।

परीक्षा नियन्त्रण कार्यालयले पुनर्योग गर्न दिएको समयमा १९ हजार ६०० विद्यार्थीले आवेदन दिएका थिए । जसमध्ये ९ हजार ६४६ जनाको कार्यालयले पुनर्योगको नतिजा सार्वजनिक हुँदा थप ९४ जनाको ४ जीपीए आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्