Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

फिल्म ‘बेहुली फ्रम मेघौली’ ओटीटीमा रिलिज

९ कार्तिक २०८१, शुक्रबार ०८:५६

काठमाडौँ। निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ ओभर द टप (ओटीटी) मा रिलिज भएको छ।

यो फिल्म ओटीटी प्लेटफर्म एमएसएस भिडिओमा स्ट्रिमिङ भएको छ।एमएसएम भिडिओ गुगल प्ले र प्ले स्टोर एपमा उपलब्ध छ। दर्शकले डाउनलोड गरेर यसलाई प्रयोग गर्न सक्छन्। यद्यपि, यो फिल्म अमेरिका, जापान, क्यानडा र सिंगापुरमा भने एपमा उपलब्ध हुने छैन। यी देशमा हलमै रिलिज भइराखेकाले तत्काल ओटीटीमा नआउने निश्चले बताए।

शुक्रबारदेखि स्वस्तिमा खड्का स्टारर फिल्म एमएसएम भिडियो नामक ओटीटी प्लाटफर्ममा रिलिज भएको छ । हलमा रिलिज भएको २३ दिनमै फिल्म ओटीटीमा आएको छ ।

हलमा रिलिज भएको फिल्म एक महिना नबित्दै ओटीटीमा आउने यो समय निकै छोटो हो । आईओएस र एन्ड्रोइडमा उपलब्ध उक्त ओटीटीको एप डाउनलोड गरेर दर्शकले फिल्म हेर्न सक्ने निश्चलले जनाएका छन् । उनले फेसबुकमा लिंक पनि सेयर गरेका छन् ।

पहिलो साताभर साढे तीन करोड कमाएको थियो। तर, दोस्रो साता तीन स्वदेशीसहित एक विदेशी फिल्म हुँदा पर्याप्त शो पाउन सकेन। कम शो पाएपछि निश्चलले सामाजिक सञ्जालमा आफ्नो फिल्ममा अकुपेन्सी हुँदा पनि हिन्दी सिनेमा आएपछि हलवालाले सो घटाएको भन्दै असन्तुष्टि पोखेका थिए। साथै आफूले हलको विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका थिए। त्यसपछि उनले फिल्मलाई हलबाट निकाले।

प्रतिक्रिया दिनुहोस्