Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

फिल्म ‘बेहुली फ्रम मेघौली’ ओटीटीमा रिलिज

९ कार्तिक २०८१, शुक्रबार ०८:५६

काठमाडौँ। निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ ओभर द टप (ओटीटी) मा रिलिज भएको छ।

यो फिल्म ओटीटी प्लेटफर्म एमएसएस भिडिओमा स्ट्रिमिङ भएको छ।एमएसएम भिडिओ गुगल प्ले र प्ले स्टोर एपमा उपलब्ध छ। दर्शकले डाउनलोड गरेर यसलाई प्रयोग गर्न सक्छन्। यद्यपि, यो फिल्म अमेरिका, जापान, क्यानडा र सिंगापुरमा भने एपमा उपलब्ध हुने छैन। यी देशमा हलमै रिलिज भइराखेकाले तत्काल ओटीटीमा नआउने निश्चले बताए।

शुक्रबारदेखि स्वस्तिमा खड्का स्टारर फिल्म एमएसएम भिडियो नामक ओटीटी प्लाटफर्ममा रिलिज भएको छ । हलमा रिलिज भएको २३ दिनमै फिल्म ओटीटीमा आएको छ ।

हलमा रिलिज भएको फिल्म एक महिना नबित्दै ओटीटीमा आउने यो समय निकै छोटो हो । आईओएस र एन्ड्रोइडमा उपलब्ध उक्त ओटीटीको एप डाउनलोड गरेर दर्शकले फिल्म हेर्न सक्ने निश्चलले जनाएका छन् । उनले फेसबुकमा लिंक पनि सेयर गरेका छन् ।

पहिलो साताभर साढे तीन करोड कमाएको थियो। तर, दोस्रो साता तीन स्वदेशीसहित एक विदेशी फिल्म हुँदा पर्याप्त शो पाउन सकेन। कम शो पाएपछि निश्चलले सामाजिक सञ्जालमा आफ्नो फिल्ममा अकुपेन्सी हुँदा पनि हिन्दी सिनेमा आएपछि हलवालाले सो घटाएको भन्दै असन्तुष्टि पोखेका थिए। साथै आफूले हलको विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका थिए। त्यसपछि उनले फिल्मलाई हलबाट निकाले।

प्रतिक्रिया दिनुहोस्