Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

‘पूर्ण बहादुरको सारङ्गी’ले सात दिनमा कति गर्‍यो कलेक्सन ?

२३ कार्तिक २०८१, शुक्रबार ०६:१८

काठमाडौं। चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले सात दिनमा आठ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

अधिकांश हलमा सो हाउसफूल भइरहेको छ। दर्शकले पनि फिल्मको कथा र पात्रहरुको अभिनयले मन छोएको भन्दै सकारात्मक प्रतिक्रया दिइरहेका छन्।

दोस्रो सातामा चलिरहेको फिल्मले पहिलाे साता ८ करोड २५ लाख ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी छ। टिमले पोस्टर सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। साथै फिल्मले देशैभरका ८९ हलमा तीन सय ८० भन्दा बढी सो पाएको  पोस्टरमा उल्लेख  छ। जसअनुसार फिल्मले हालसम्मकै उच्च सो र एक साताको कलेक्सनमा रेकर्ड ब्रेक गरेको टिमको दाबी छ।

यसअघि ‘बेहुली फ्रम मेघौली’ले पहिलाे दिन ३ सय ४० भन्दा बढी साे पाएकाे टिमको दाबी थियाे। गन्धर्व समुदायको कथामा आधारित फिल्ममा सन्तानका लागि बाबुले गर्ने त्याग र समर्पणको कथा प्रस्तुत गरिएको छ।

फिल्ममा पूर्ण बहादुरको भूमिकामा अभिनेता विजय बराल छन्। विजय अर्थातपूर्णेको पत्नि बनेकी छन् अभिनेत्री अञ्जना बराइली। भने छोरा कमलेको भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत।

प्रतिक्रिया दिनुहोस्