Trending
सूर्य प्लाइ सुदूरपश्चिम रोयल्सको स्ट्रेन्थ पार्टनर     |     सुशीला सरकार, ओली एमाले र देउवा कांग्रेस चुनाव भाँड्न उद्धत छन् : प्रभु साह     |     चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा     |     परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |    
कला र मनोरन्जन

‘पूर्ण बहादुरको सारङ्गी’ले सात दिनमा कति गर्‍यो कलेक्सन ?

२३ कार्तिक २०८१, शुक्रबार ०६:१८

काठमाडौं। चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले सात दिनमा आठ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

अधिकांश हलमा सो हाउसफूल भइरहेको छ। दर्शकले पनि फिल्मको कथा र पात्रहरुको अभिनयले मन छोएको भन्दै सकारात्मक प्रतिक्रया दिइरहेका छन्।

दोस्रो सातामा चलिरहेको फिल्मले पहिलाे साता ८ करोड २५ लाख ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी छ। टिमले पोस्टर सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। साथै फिल्मले देशैभरका ८९ हलमा तीन सय ८० भन्दा बढी सो पाएको  पोस्टरमा उल्लेख  छ। जसअनुसार फिल्मले हालसम्मकै उच्च सो र एक साताको कलेक्सनमा रेकर्ड ब्रेक गरेको टिमको दाबी छ।

यसअघि ‘बेहुली फ्रम मेघौली’ले पहिलाे दिन ३ सय ४० भन्दा बढी साे पाएकाे टिमको दाबी थियाे। गन्धर्व समुदायको कथामा आधारित फिल्ममा सन्तानका लागि बाबुले गर्ने त्याग र समर्पणको कथा प्रस्तुत गरिएको छ।

फिल्ममा पूर्ण बहादुरको भूमिकामा अभिनेता विजय बराल छन्। विजय अर्थातपूर्णेको पत्नि बनेकी छन् अभिनेत्री अञ्जना बराइली। भने छोरा कमलेको भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत।

प्रतिक्रिया दिनुहोस्