Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

‘हरिबहादुरको जुत्ता’मा हरिवंश र प्रकाशपछि नायिका स्वस्तिमा खड्का अनुबन्धित

२३ कार्तिक २०८१, शुक्रबार १३:२२

काठमाडौँ । अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहने गरी फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्न लागेका हुन् ।

उक्त फिल्ममा हरिवंश र प्रकाशपछि नायिकाको रुपमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन्। आचार्यले फेसबुकमा तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएका हुन्।

सरोज ओलीको निर्माण रहने फिल्मको पटकथा तथा संवाद हरिवंशले लेखेका छन्। अभिनेताद्वय हरिवंश र प्रकाशसँग निर्देशक दिपेन्द्रको यो पहिलो सहकार्य हो। तीनैजनाले यसअघिसँगै फिल्ममा सहकार्य गरेका छैनन्। प्रकाशका अनुसार यो फिल्म तीन पुस्ताका कलाकर्मीलाई जोड्ने कडी बन्नेछ।

प्रतिक्रिया दिनुहोस्