Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

‘हरिबहादुरको जुत्ता’मा हरिवंश र प्रकाशपछि नायिका स्वस्तिमा खड्का अनुबन्धित

२३ कार्तिक २०८१, शुक्रबार १३:२२

काठमाडौँ । अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहने गरी फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्न लागेका हुन् ।

उक्त फिल्ममा हरिवंश र प्रकाशपछि नायिकाको रुपमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन्। आचार्यले फेसबुकमा तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएका हुन्।

सरोज ओलीको निर्माण रहने फिल्मको पटकथा तथा संवाद हरिवंशले लेखेका छन्। अभिनेताद्वय हरिवंश र प्रकाशसँग निर्देशक दिपेन्द्रको यो पहिलो सहकार्य हो। तीनैजनाले यसअघिसँगै फिल्ममा सहकार्य गरेका छैनन्। प्रकाशका अनुसार यो फिल्म तीन पुस्ताका कलाकर्मीलाई जोड्ने कडी बन्नेछ।

प्रतिक्रिया दिनुहोस्