Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने नेपाली फिल्म

२९ कार्तिक २०८१, बिहीबार ०५:४१

काठमाडौं। नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने घरेलु फिल्म बनेको छ ।

४’ को रेकर्ड तोड्दै सबैभन्दा बढी कमाउने नेपाली फिल्म बनेको छ। फिल्मले मंगलबारसम्म २५ करोड ४ लाख ग्रस कलेक्सन गरेको वितरक मनोज राठीले बताए।

उनका अनुसार फिल्मले प्रदर्शनको १३ औं दिनमै हालसम्मकाे रेकर्ड ब्रेक गरेको हो। यसअघि ‘कबड्डी ४’ ले चलचित्र विकास बोर्डको तत्थ्याङ्कअनुसार २१ करोड ३८ लाख कमाएको थियो। भने निर्माण टिमले २३ करोड ५० लाख कमाएको दाबी गरेको थियो।

साथै ‘पूर्णबहादुरको सारङ्गी’ ले सर्वाधिक सो पाउने फिल्ममा पनि रेकर्ड राखेको छ। हाल पनि ४ सय ५० भन्दा बढी सो देशमै प्रदर्शन भइरहेको छ भने विदेशमा ३ सय भन्दा बढी सो मा प्रदर्शन भइरहेको छ। प्रदर्शनको सुरुवातमा न्युन दर्शक पाएको फिल्मले सकारात्मक समीक्षा र दर्शकको पब्लिसिटीकै कारण व्यापारमा रकर्ड बनाइरहेको छ।

सरोज पौडेलको लेखन र निर्देशनमा बनेको फिल्ममा गन्धर्व समुदायको कथा र बाबु छोराको सम्बन्धलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद लेखन छ। विजय बरालको मुख्य भूमिकामा बनेको फिल्ममा अञ्जना बराइली, मुकुन भुसाल, प्रकाश सपूतलगायत कलाकारको अभिनयलाई दर्शकले तारिफ छन्।

प्रतिक्रिया दिनुहोस्