Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

‘पूर्ण बहादुरको सारङ्गी’ले १६ दिनमा कति कमायो ?

२ मंसिर २०८१, आईतवार १५:३७

काठमाडौं। नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने घरेलु फिल्म बनेको छ ।

निर्माणपक्षका अनुसार १६ दिनमा यो चलचित्रले ३३ करोडको आंकडा पार गरेको छ । निर्माता विनोद पौडेलका अनुसार १६ दिनमा ‘पूर्ण बहादुरको सारङ्गी’ले ३३ करोड १८ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको हो । यो नेपालको बक्सअफिस कलेक्सन मात्रै हो । ‘पूर्ण बहादुरको सारङ्गी’ एक करोड ३० लाखमा बनेको चलचित्र हो ।

सरोज पौडेलको लेखन र निर्देशनमा बनेको फिल्ममा गन्धर्व समुदायको कथा र बाबु छोराको सम्बन्धलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद लेखन छ। विजय बरालको मुख्य भूमिकामा बनेको फिल्ममा अञ्जना बराइली, मुकुन भुसाल, प्रकाश सपूतलगायत कलाकारको अभिनयलाई दर्शकले तारिफ छन्।

प्रतिक्रिया दिनुहोस्