Trending
गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न सर्वोच्चमा पूरक निवेदन     |     देश विकासमा पूूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री     |     सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुुस् : प्रधानमन्त्री     |     चलचित्र ‘के घर के डेरा : घर नं २’ ‘के घर के डेरा’को सिक्वेल हो…     |     सिक्किममा निश्चललाई स्वर्ण     |     पत्रकार सुरेश रजक हत्या प्रकरण : उच्चस्तरीय छानविन गठन गर्न प्रेस संगठनको माग     |     सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?     |     वीरगञ्ज महानगरमा लगाइएकोे निषेधाज्ञा हट्यो     |     द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री     |     इन्स्टाग्रामले ल्यायो ‘लक्ड रील्स’ फिचर     |    
कला र मनोरन्जन

भारतकै महँगा अभिनेता बने अल्लू अर्जुन

४ मंसिर २०८१, मंगलवार ०३:२५

काठमाडौँ। अल्लु अर्जुन भारतीय सिनेमामा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता बनेका छन् । मिडिया रिपोर्टका अनुसार अल्लु अर्जुनले उनको आगामी फिल्म पुष्पा-२ का लागि ३०० करोड पारिश्रमिक लिएर भारतमा सबैभन्दा महंगा अभिनेता बनेका हुन् ।

यसअघि उनले शाहरुख खान, सलमान खान र थालापथी विजयलाई पछाडि छोडेका छन् । रिपोर्टका अनुसार शाहरुखले ‘पठान’का लागि २०० करोड पारिश्रमिक लिएका थिए । विजयले थलापथी ६९ का लागि २५० करोड भारु पारिश्रमिक लिएको बताइएको छ ।

अल्लु अर्जुनको फिल्म पुष्पा-२ डिसेम्बर ५ मा रिलिज हुँदै छ । पुष्पा-२ को हालै ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार भारतको विहारको पटनामा विशेष कार्यक्रम आयोजना गरेर फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर लन्च कार्यक्रममा फिल्मका प्रमुख कलाकार अल्लु अर्जुन र रश्मिका मन्डन्ना पटना पुगेका थिए ।

डिसेम्बर ५ मा हलमा रिलिज हुने तयारीमा रहेको यो फिल्मले रिलिज हुनुअघि नै उत्कृष्ट प्रि-कलेक्शन रेकर्ड बनाएको छ । मिडिया रिपोर्टका अनुसार फिल्मले रिलिजअघि नै ९ सय करोड कमाइसकेको छ ।

निर्माताले ‘पुष्पा २:  द रुल’को डिजिटल र स्याटेलाइट राइट बेचेर अहिलेसम्म एक हजार करोड कमाई गरिसकेको ट्रेलर लन्च कार्यक्रममा जानकारी दिइएको थियो ।  ५०० करोडको लागतमा बनेको ‘पुष्पा २:  द रुल’ को थियट्रीकल राइट साढे ६ सय करोडमा बेचिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

फिल्ममा अल्लु अर्जुन अवतारलाई फ्यानहरुले निकै रुचाएका छन् । फिल्मलाई सुकुमारले निर्देशन गरेका हुन् भने फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्डन्ना, फहद फासिल, धनन्जय, राव रमेश, सुनील, अनसूया भारद्वाज, अजय घोष लगायतका कलाकारको भूमिका रहेको छ ।

फिल्म ‘पुष्पाः द राइज’को पहिलो भागले निकै सफलता पाएको थियो । अभिनेता अल्लु अर्जुन र फिल्मका संगीतकार देवी श्री प्रसादले यस फिल्मबाट नेशनल अवार्ड समेत पाएका थिए । फिल्म ५ डिसेम्बर, २०२४ मा तेलुगु, हिन्दी, तमिल, कन्नड, बङ्गाली र मलयालम भाषाहरूमा रिलिज हुने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्