Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

भारतकै महँगा अभिनेता बने अल्लू अर्जुन

४ मंसिर २०८१, मंगलवार ०३:२५

काठमाडौँ। अल्लु अर्जुन भारतीय सिनेमामा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता बनेका छन् । मिडिया रिपोर्टका अनुसार अल्लु अर्जुनले उनको आगामी फिल्म पुष्पा-२ का लागि ३०० करोड पारिश्रमिक लिएर भारतमा सबैभन्दा महंगा अभिनेता बनेका हुन् ।

यसअघि उनले शाहरुख खान, सलमान खान र थालापथी विजयलाई पछाडि छोडेका छन् । रिपोर्टका अनुसार शाहरुखले ‘पठान’का लागि २०० करोड पारिश्रमिक लिएका थिए । विजयले थलापथी ६९ का लागि २५० करोड भारु पारिश्रमिक लिएको बताइएको छ ।

अल्लु अर्जुनको फिल्म पुष्पा-२ डिसेम्बर ५ मा रिलिज हुँदै छ । पुष्पा-२ को हालै ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार भारतको विहारको पटनामा विशेष कार्यक्रम आयोजना गरेर फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर लन्च कार्यक्रममा फिल्मका प्रमुख कलाकार अल्लु अर्जुन र रश्मिका मन्डन्ना पटना पुगेका थिए ।

डिसेम्बर ५ मा हलमा रिलिज हुने तयारीमा रहेको यो फिल्मले रिलिज हुनुअघि नै उत्कृष्ट प्रि-कलेक्शन रेकर्ड बनाएको छ । मिडिया रिपोर्टका अनुसार फिल्मले रिलिजअघि नै ९ सय करोड कमाइसकेको छ ।

निर्माताले ‘पुष्पा २:  द रुल’को डिजिटल र स्याटेलाइट राइट बेचेर अहिलेसम्म एक हजार करोड कमाई गरिसकेको ट्रेलर लन्च कार्यक्रममा जानकारी दिइएको थियो ।  ५०० करोडको लागतमा बनेको ‘पुष्पा २:  द रुल’ को थियट्रीकल राइट साढे ६ सय करोडमा बेचिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

फिल्ममा अल्लु अर्जुन अवतारलाई फ्यानहरुले निकै रुचाएका छन् । फिल्मलाई सुकुमारले निर्देशन गरेका हुन् भने फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्डन्ना, फहद फासिल, धनन्जय, राव रमेश, सुनील, अनसूया भारद्वाज, अजय घोष लगायतका कलाकारको भूमिका रहेको छ ।

फिल्म ‘पुष्पाः द राइज’को पहिलो भागले निकै सफलता पाएको थियो । अभिनेता अल्लु अर्जुन र फिल्मका संगीतकार देवी श्री प्रसादले यस फिल्मबाट नेशनल अवार्ड समेत पाएका थिए । फिल्म ५ डिसेम्बर, २०२४ मा तेलुगु, हिन्दी, तमिल, कन्नड, बङ्गाली र मलयालम भाषाहरूमा रिलिज हुने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्