Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

‘ह्रस्व दिर्घ’ र ‘पूर्ण बहादुरको सारंगी’ ले अहिलेसम्म कति कमायो ?

४ मंसिर २०८१, मंगलवार १२:१८

काठमाडौं। नेपाली फिल्म ‘पूर्णबहादुरको सारंगी’ र ‘ह्रस्व दिर्घ’ को बक्स अफिसमा अझै उकालो ग्राफ कायम छ।

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ तिहारको लक्ष्मि पुजाको दिनबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले आफ्ने ऐतिहासीक कमाई सार्वजनिक गरेको छ । बक्स अफिसमा यस चलचित्रले १८ दिनसम्ममा ३६ करोड कलेक्सन गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ ।

फिल्मले प्रदर्शनको तेस्रो सातामा पनि जादुमयी व्यापारलाई निरन्तरता दिइरहेको छ । अझैपनि फिल्मले ३०० भन्दा धेरै शो पाईरहेको छ । अकुपेन्सीको यो ट्रेन्ड कायम रहे फिल्मले ४० करोडको आँकडा पार गर्ने प्रक्षेपण गरीएको छ । यद्यपि, यसका लागि केही दिनसम्मको अकुपेन्सी ट्रेन्डलाई भने पर्खनै पर्छ ।

त्यस्तै, ह्रस्व दिर्घ’ फिल्मले आइतबारसम्म २ करोड ७५ लाख ग्रस कमाइ गरेको उक्त कम्पनीले जनाएको छ । शुक्रबार ८० लाख र शनिबार १ करोड २० लाख ग्रस कमाइ गरेको फिल्मले आइतबार भने ७५ लाख रुपैयाँ कमाएको थियो ।

वितरक मनोज राठीका अनुसार फिल्मले सुखद् अकुपेन्सी प्राप्त गरिरहेको छ । सोमबार पनि सार्वजनिक बिदामा फिल्मले दर्शकको राम्रो साथ पाएको थियो । तर आज मंगलबार उस्तै छ ।

प्रतिक्रिया दिनुहोस्