Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

‘ह्रस्व दिर्घ’ र ‘पूर्ण बहादुरको सारंगी’ ले अहिलेसम्म कति कमायो ?

४ मंसिर २०८१, मंगलवार १२:१८

काठमाडौं। नेपाली फिल्म ‘पूर्णबहादुरको सारंगी’ र ‘ह्रस्व दिर्घ’ को बक्स अफिसमा अझै उकालो ग्राफ कायम छ।

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ तिहारको लक्ष्मि पुजाको दिनबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले आफ्ने ऐतिहासीक कमाई सार्वजनिक गरेको छ । बक्स अफिसमा यस चलचित्रले १८ दिनसम्ममा ३६ करोड कलेक्सन गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ ।

फिल्मले प्रदर्शनको तेस्रो सातामा पनि जादुमयी व्यापारलाई निरन्तरता दिइरहेको छ । अझैपनि फिल्मले ३०० भन्दा धेरै शो पाईरहेको छ । अकुपेन्सीको यो ट्रेन्ड कायम रहे फिल्मले ४० करोडको आँकडा पार गर्ने प्रक्षेपण गरीएको छ । यद्यपि, यसका लागि केही दिनसम्मको अकुपेन्सी ट्रेन्डलाई भने पर्खनै पर्छ ।

त्यस्तै, ह्रस्व दिर्घ’ फिल्मले आइतबारसम्म २ करोड ७५ लाख ग्रस कमाइ गरेको उक्त कम्पनीले जनाएको छ । शुक्रबार ८० लाख र शनिबार १ करोड २० लाख ग्रस कमाइ गरेको फिल्मले आइतबार भने ७५ लाख रुपैयाँ कमाएको थियो ।

वितरक मनोज राठीका अनुसार फिल्मले सुखद् अकुपेन्सी प्राप्त गरिरहेको छ । सोमबार पनि सार्वजनिक बिदामा फिल्मले दर्शकको राम्रो साथ पाएको थियो । तर आज मंगलबार उस्तै छ ।

प्रतिक्रिया दिनुहोस्